अर्थ

लुम्बिनीमा ३४ अर्बको बजेट तयारी
अर्थ, प्रदेश विषेश, प्रमुख समाचार

लुम्बिनीमा ३४ अर्बको बजेट तयारी

चुमा आचार्य लमही, १५ जेठ । लुम्बिनी प्रदेश सरकार यतिबेला बजेट तथा नीति कार्यक्रमको तयारीमा जुटेको छ । यस बर्ष आफ्नो आन्तरिक स्रोत नभएको र संघबाट आउने अनुदान समेत घटेर आउने सकेत देखिएपछि प्रदेश सरकारले आगामी आर्थिक बर्षको बजेट घटाएर ल्याउन लागेको जनाएको छ । आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यका अनुसार आर्थिक बर्ष २०८१÷०८२ का लागि ३४ अर्बको हाराहारीमा बजेट आउने छ । सोही योजना अनुसार लुम्बिनी प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयले सोमबार आगामी बर्ष २०८१÷०८२ को बजेट तथा तर्जुमा सम्बन्धी लमहीमा प्रदेशसभा सदस्यहरू बीच बृहत अन्तक्र्रिया गरेको छ । बजेट तथा नीति कार्यक्रमका लागि राय सुझाव पेस गर्दै आफूहरूको भूमिका के भन्ने प्रश्न गरेका छन । उनीहरूले खल्ती, चोर बाटोबाट आएका योजना कार्यान्वयन नगरी सांसदहरूको स्थाइत्व र अपनत्व हुने गरि भूमिका बढाउने गरि योजना ल्याउन अर्थ...
नेपालको ऋण झन्डै २४ खर्ब पुग्यो
अर्थ

नेपालको ऋण झन्डै २४ खर्ब पुग्यो

दाङ, ११ जेठ । नेपालको सार्वजनिक ऋण झन्डै २४ खर्ब रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापनको कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार वैशाखसम्म नेपालको सार्वजनिक ऋण २३ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ । अब नेपालको ऋण कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४२ दशमलव शून्य दुई प्रतिशत पुगेको प्रतिवेदनमा उल्लेख छ । कुल ऋणलाई नेपालको अहिलेको जनसङ्ख्या दुई कराेड ९१ लाख ६४ हजार पाँच सय ७८ ले भाग गर्दा हरेक नेपालीको भागमा ८२ हजार एक सय ८८ रुपैयाँभन्दा धेरै ऋण पर्न आउँछ । २३ खर्ब ९७ अर्ब रुपैयाँमध्ये आन्तरिकतर्फ ११ खर्ब ८४ अर्ब र वैदेशिक ऋणको हिस्सा १२ खर्ब १२ अर्ब रुपैयाँ रहेको छ । चालू आर्थिक वर्षको साउनदेखि वैशाखसम्मको १० महिनामै ९८ अर्ब आठ करोड रुपैयाँ ऋण थपिएको छ । वैशाख महिनामा मात्रै ११ अर्ब ६४ करोड रुपैयाँ ऋण थपिएको कार्यालयले जनाएको छ । समग्रमा यो वर्षको १० महिनामा सरकारले दुई खर्ब...
दाङमा मूर्तिकला व्यवसायबाट मनग्य आम्दानी
अर्थ

दाङमा मूर्तिकला व्यवसायबाट मनग्य आम्दानी

दाङ, ५ जेठ । कपिलवस्तु घर भएका पल्टुराम मगर अहिले मूर्तिकला व्यवसायमा छन् । ४४ वर्षीय मगर विगत १२ वर्षदेखि घोराही उपमहानगरपालिका–१७ गैरागाउँमा यही व्यवसायमा रमाउँदै आएका छन् । उनी कपिलवस्तुबाट दाङसम्म झरेको २५ वर्ष भएको छ । आफूमा भएको सीपलाई आयआर्जनसँग जोड्न पाउँदा खुसी व्यक्त गर्छन् । वित्तीय संस्थाबाट तीन लाख कर्जा लिएर सुरु गरेको श्रीजनशील मूर्ति उद्योगले अहिले मगर परिवारलाई आत्मनिर्भरसमेत बनाएको छ । आफ्नो जीवन चित्रकला र मूर्तिकलामै समर्पित गर्न तथा यसैलाई जीविकोपार्जनको माध्यम बनाउन चाहेको उनी बताउँछन् । हालसम्मको अनुभवबाट आफ्नो कला जीविकोपार्जनको भरपर्दो माध्यम हुन्छ भन्ने विश्वास भएको मगरको भनाइ छ । यही व्यवसायबाट मगरले वार्षिक १३ लाखको कारोबार गर्दै आएको छन् । यसबाट छोराछोरीको पढाइ खर्च र घरायसी कामकाजमा खर्च हुने हुँदा बचत त्यति धेरै नहुने उनको भनाइ छ । मगरले विभिन्न खाल...
पेट्रोलको मूल्य लिटरमै ७ रुपैयाँ घट्यो
अर्थ

पेट्रोलको मूल्य लिटरमै ७ रुपैयाँ घट्यो

दाङ, २ जेठ । नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य घटाएको छ । पेट्रोलको मूल्य प्रतिलिटर ७ रुपैयाँ र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटाएको निगमले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ । घटेको मूल्य बुधवार राती १२ बजेपछि लागू हुनेछ । हाल पेट्रोलको अधिकतम मूल्य १७८ रुपैयाँ प्रतिलिटर रहेकामा अब त्यो १७१ रुपैयाँमा झरेको छ । डिजेल र मट्टितेलको मूल्य अधिकतम १५९ रुपैयाँ रहेकोमा त्यो १५४ रुपैयाँमा झरेको छ । भारतबाट आयात हुने पेट्रोलको मूल्य घटेर आएकाले नेपालमा मूल्य समायोजन गरिएको निगमको भनाइ छ ।  ...
तुलसीपुर उपमहानगरलाई राजश्व संकलनमा लक्ष्य भेटाउनै मूस्कील
अर्थ

तुलसीपुर उपमहानगरलाई राजश्व संकलनमा लक्ष्य भेटाउनै मूस्कील

दाङ, २ जेठ । तुलसीपुर उपमहानगरपालिकालाई राजश्व संकलनमा लक्ष्य भेटाउनै मुस्किल परेको गरेको छ । नगरले चालु आर्थिक वर्षमा लक्ष्यको करिब ५३ प्रतिशत मात्रै राजश्व संकलन गरेको छ । उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा ३६ करोड १५ लाख राजश्व संकलन गर्ने लक्ष्य राखेकोमा बैशाख मसान्तसम्म १८ करोड ८५ लाख ७८ हजार अर्थात लक्ष्यको ५३ प्रतिशत मात्रै राजश्व संकलन गरेको छ । चालु आर्थिक वर्षको दुई महिनामा उपमहानगरपालिकाले लक्ष्यको करिब आधा रकम उठाउनुपर्ने छ । तर अबको दुई महिनामा करिब १८ करोड राजश्व संकलन हुन सकस देखिएको तुलसीपुर उपमहानगरपालिकाका लेखा अधिकृत खिमलाल वलीले बताउनुभयो । उहाँले अहिलेकै अनुसारले राजश्व संकलनको लक्ष्य भेटाउन मुस्किल पर्ने बताउनुभयो । राजश्व संकलनको प्रमुख स्रोत नदिजन्य पदार्थको बिक्रि वितरण पारदर्शी नहुँदा , व्यवसायी करको दायरामा आउन नसक्दा राजश्व संकलन लक्ष्य अनुसारको सं...
लुम्बिनीको बजेट खर्च निराशाजनकः १० महिनामा ४० प्रतिशत खर्च
अर्थ, प्रदेश विषेश

लुम्बिनीको बजेट खर्च निराशाजनकः १० महिनामा ४० प्रतिशत खर्च

दाङ, १ जेठ । लुम्बिनी प्रदेश सरकारले पछिल्लो १० महिनामा ४० प्रतिशत मात्रै विकासे बजेट खर्च गरेको छ । आर्थिक बर्ष २०८०÷८१ को कुल ४० अर्ब ४८ खर्ब बजेट मध्ये १६ अर्ब १९ खर्ब खर्च भएको आर्थिक मन्त्रालयका सचिव राम बहादुर केसीले बताए । आर्थिक बर्ष सकिन २ महिन बाँकी रहँदा करिब ७० देखि ८० “प्रतिशत विकासे बजेट खर्च हुनु पथ्र्यो । तर, त्यसो हुन सकेन । पुँजीगत बजेट खर्च नहुँदा त्यसले विकास निर्माणमा प्रत्यक्ष रुपमा असर पारेको छ । एकातर्फ संघीयता विरोधी आवाज उठिरहने र अर्कोतर्फ विकासे बजेट खर्च न्यून हुँदा संघीयताका विरोधीहरुलाई थप बल पुग्ने गरेको छ । पटक–पटक हुने सत्ता परिवर्तन, अस्थिर सरकारका कारण विकासे बजेट खर्च हुन नसक्नु पहिलो कारण हो । तर, सबैभन्दा ठूलो कारण कर्मचारीको सरुवा र आलटाल पनि हो । महिनामा केही दिन कार्यालय आउने र बाँकी दिन विदामा बस्ने प्रवृत्ति हावी छ । कर्मचारीतन्त्र हावी...
कोइलावास भन्सार कार्यालयद्वारा लक्ष्यभन्दा बढी राजस्व संकलन
अर्थ

कोइलावास भन्सार कार्यालयद्वारा लक्ष्यभन्दा बढी राजस्व संकलन

लिलाधर वली दाङ, ३० वैशाख । दाङको कोइलाबास भन्सार कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा लक्ष्यको ९६ प्रतिशत राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्ष २०८०÷०८१ को वैशाख महिनासम्म कोइलाबास भन्सार कार्यालयले ९५ लाख ९५ हजार चार सय २१ रुपैयँँ राजस्व संकलन गरेको हो । संकलित राजश्वमध्ये करिव ७८ लाख बढी भारतबाट नेपाल प्रवेश गर्ने सवारीसाधनबाट र बाँकी १७ प्रतिशत विभिन्न खाद्यान्नलगायतका अन्य सामग्रीबाट उठने गरेको कोइलावास भन्सार कार्यालयका प्रमुख दिपक शर्माले जानकारी दिनुभएको छ । उहाँका अनुसार कार्यालयले चालु आर्थिक वर्षको वैशाख मसान्तसंम्म ७५ लाख ५१ हजार राजश्व संकलनको लक्ष्य राखेकोमा लक्ष्यभन्दा करिव २१ लाख बढी राजस्व संकलन गरेको बताउनुभयो । कार्यालय प्रमुख शर्माका अनुसार कोइलाबास भन्सार कार्यालयले चालु आर्थिक वर्षका लागि १ करोड ३ लाख रुपैया राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा अहिलेसम...
वित्तिय अनुशासन तथा स्थायित्वका लागि महुली लघुवित्तद्धारा सार्वजनिक सुनुवाई सम्पन्न
अर्थ

वित्तिय अनुशासन तथा स्थायित्वका लागि महुली लघुवित्तद्धारा सार्वजनिक सुनुवाई सम्पन्न

दाङ, २९ बैशाख । महुली लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय घोराही दाङले वित्तिय अनुशासन तथा स्थायित्वका लागि सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । केन्द्र नंम्वर ३२ का केन्द्र प्रमुख पिया बुढाथोकीको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नंम्वर १४ का वडा अध्यक्ष भानसिं बुढाको प्रमुख आतिथ्य एवं वडा प्रहरी कार्यालय घोराही प्रमुख प्रहरी निरिक्षक रामप्रसाद पाण्डेको विशिष्ठ आतिथ्यमा शनिवार झिगौरामा सार्वजनिक सुनाई कार्यक्रम सम्पन्न गरिएको हो । वित्तिय अनुशासन तथा वित्तिय स्थायित्वका विषयमा प्रस्तुतिकरण महुली लघुवित्त वित्तिय संस्थाका केन्द्रिय कार्यालयका तालिम तथा सामाजिक अनुसन्धान विकासका विभागिय सहायक विकल काफ्लेले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी वडा अध्यक्ष बुढाले लघुवित्त संस्थाहरुले आर्थिक मात्र नभई सामाजिक रुपमा पनि सेवा दिँदै आएको बताउनुभयो । ...
घोराहीमा स्वर्गद्धारी गुठी पीडित मोही किसानको २ दिने राष्ट्रिय सम्मेलन सुरु
अर्थ, समाचार

घोराहीमा स्वर्गद्धारी गुठी पीडित मोही किसानको २ दिने राष्ट्रिय सम्मेलन सुरु

दाङ, २४ बैशाख । स्वर्गद्धारी गुठी पीडित मोही किसानहरुको २ दिने राष्ट्रिय सम्मेलन आजदेखि दाङको घोराहीमा सुरु भएको छ । सम्मेलनमा सहभागी गुठी पीडित मोही किसानहरुले आफूहरुको भोटबाट जितेर गएका मन्त्रीहरुलाई किसानको न्यायका लागि कानुन बनाइदिन आग्रह गरेका छन् । सरकारले नै अन्याय गरिरहेको भन्दै किसानहरुलाई आन्दोलन गर्न बाध्य पारिएको र न्याय नपाउँदासम्म आन्दोलन जारी राख्ने बताएका छन् । दाङमा भैरहेको सम्मेलनमा सहभागी भएका १४ जिल्लाका गुठीपिडित किसानहरुले कि मुक्ति कि हातमा लालपुर्जा हुनुपर्ने निरन्तर माग समेत गर्दै आएका छन् । आन्दोलन नगर्दासम्म कसैले पनि अहिलेसम्म न्याय पाउन नसकेको उदाहरणहरु थुप्रै रहेको भन्दै अधिकारका लागि आन्दोलन जारी राख्ने उनीहरुको भनाई थियो । स्वर्गद्वारी गुठी अन्तर्गत दाङको लमही, घोराही र तुलसीपुरमा गरी १२ मौजा रहेको र उक्त जमिन पुस्तौंदेखि जोतभोग गर्दै आएका तीन हजार...
लुम्बिनी प्रदेशमा आगामी आर्थिक बर्षको बजेट ३० प्रतिशतसम्म घट्ने
अर्थ

लुम्बिनी प्रदेशमा आगामी आर्थिक बर्षको बजेट ३० प्रतिशतसम्म घट्ने

दाङ, २३ बैशाख । लुम्बिनी प्रदेशमा आगामी आर्थिक बर्षको बजेट करिब ३० प्रतिशत घट्ने भएको छ । आर्थिक मन्त्रालयका सचिव रामबहादुर केसीले बजेटको तयारीका लागि अधिकतम सिमा तोक्नेबारे छलफल गरिरहेको र चालु आर्थिक वर्षभन्दा अहिले करिब ३० प्रतिशतमा घट्न सक्ने जानकारी दिनुभयो । लुम्बिनीको आर्थिक मामिला तथा योजना मन्त्रालयले मन्त्रालयहरुलाई चालु आर्थिक वर्षको तुलनामा ३० प्रशिशत बजेट घटाएर बजेट योजना सिलिङ पठाएको छ । लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सहित १२ वटा मन्त्रालयमा बजेटको सिमा बनाउने तयारी चलिरहेको छ । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/०८१ का लागि ४० अर्ब ४७ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएको थियो । निकै कमजोर कार्यसम्पादन रहेको लुम्बिनी प्रदेशमा चालु आर्थिक बर्षका ९ महिनामा ३४ दशमलव ३० प्रतिशत मात्रै बजेट खर्च भएको छ । जसमा पुँजीगततर्फ ३२ दशमलव ९८ प्...