दाङ उवासंघले जिल्लाको विकासका बारेमा छलफल चलाउने


दाङ, १२ मंसिर । दाङ जिल्ला उद्योग बाणिज्य संघले समग्र जिल्लाको विकासका बारेमा छलफल चलाउने भएको छ । संघको मंगलवार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

जिल्लाको बिकास संग सरोकार राख्ने बहु आयामिक परियोजना औद्योगिक क्षेत्र, भालुबाङ देखि तुलसीपुर सम्म को सडक बिस्तारको काम र दाङमा एरपोर्टको बिषयमा साझा एजेण्डा बनाउन यहि मंसिर २० गते सर्बदलिय सर्बपक्षिय भेला गर्ने निर्णय गरेको संघका महासचिव महेन्द्र बुढाथोकीले जानकारी दिए । भेला संघको हलमा आयोजना गरिने भएको छ ।

भेलामा जिल्ला भरिका स्थानीयपालिका, उद्योग वाणिज्य संघ, पत्रकार महासंघ, जिल्लामा क्रियासील सम्पुर्ण राजनितिक दल, नागरिक समाज तथा सरोकार वाला संघ संस्थाहरुको सहभागितामा छलफल आयोजना गर्ने भएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

बैठमा नेपाल उद्योग बाणिज्य महासंघको निमन्त्रणामा सहभागी हुन काठ्माण्डौ गएको बेला विभिन्न उद्योग बाणिज्यसंघहरु र महासंघ सँग भएका विभिन्न अन्र्तक्रियात्मक छलफलको पनि समीक्षा गरि ती उधोग बाणिज्य संघहरु र महासंघलाइ धन्यबाद ज्ञापन पनि गरेको छ ।

बैठक संघका अध्यक्ष वसन्त जोशीको अध्यक्षतामा भएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad