सामाजिक सुरक्षा भत्ताका लागि दाङमा दुई अर्बबढी खर्च
दाङ, १८ साउन । दाङमा गत आर्थिक वर्ष २०८०/०८१ मा सामाजिक सुरक्षा भत्तामा २ अर्ब ९ करोडबढी रकम खर्च भएको छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालय दाङका अनुसार गत वर्ष दाङमा सामाजिक सुरक्षा भत्ताका लागि २ अर्ब ११ करोड ९४ लाख २६ हजार १ सय ७६ रुपैंया बजेट रहेकोमा २ अर्ब ९ करोड ४० लाख ३७ हजार ९ सय ९ रुपैंया खर्च भएको छ ।
दाङमा सबैभन्दा धेरै सामाजिक सुरक्षा भत्ता घोराही उपमहानगरपालिकाले वितरण गर्दै आएको छ ।
घोराही उपमहानगरपालिकामा मात्रै गत आर्थिक वर्षमा ६० करोड ४ लाख २१ हजार ४ सय ४८ रुपैंया १२ पैसा खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय दाङका सूचना अधिकारी रोमा पाण्डेले जानकारी दिनुभयो ।
कोष तथा लेखा नियन्त्रकको कार्यालयको तथ्याङमा तुलसीपुर उपमहानगरपालिकामा ५२ करोड ५७ लाख ४६ हजार १ सय ४२ रुपैंया खर्च भएको छ । यस्तै लमही नगरपालिकामा १६ करोड ९६ लाख ३७ हजार ४ सय २ रुपैंया खर्च भएको छ...