परिवर्तनको संघारमा गढवाको थारु कुमाल बस्ती

चुमा आचार्य

Blog Post Ad

दाङ, २१ बैशाख । लालपूर्जा नभएको ऐलानी बस्तिमा खरका झुपडीहरू, कत्तिबेला आगोले गाउँ नै सखाप पार्छ भन्ने त्रासै–त्रासमा माटोका भाँडाहरू बनाएर दैनिक गुजारा गर्ने नागरिकहरू पछिल्लो समयमा अवस्था फेरिएको छ । दिनभर माटाका भाँडा बनाएर उत्पादनले बजार नपाएपछि बिहान–साँझ खाने छाक टार्न समेत हम्मे हम्मे दर्दनाक र कहालिलाग्दो बस्तिका वासिन्दाहरूको अवस्था संघसंस्था र सरकारका निकायहरूको ध्यानाकर्षण पछि भने स्वरूप फेरिएको स्थानीयहरू आफैले बताएका छन् ।

Blog Post Ad

गढवा–३ को खैराखालमा रहेको थारु कुमाल वस्तिमा सहकर्मि समाज, फियान नेपाल, खाद्य अधिकार सञ्जाल र स्थानीय सरकारको नजर परेपछि पुरै वस्तिले रूप फेरेको र आफूहरूको जिवनस्तर समेत वदलिएको स्थानीय अगुवा –चुन्नुराम थारु कुमालले बताए ।

आजभन्दा बाह्रबर्ष अगाडि हाम्रो गाउँमा सबैका खरले छाएका छाना थिए, आगलागी हुने डरले रातमा निद्रा पर्देनथ्यो । दिनभर माटोका भाँडा बनाउने हामीहरूका भाँडा बिक्री नभएर साझ–विहान छाक टार्न गाह्रो हुन्थ्यो । १२ बर्ष अघिबाट फियान नेपाल र सहकर्मी समाज तथा दक्षिण देउखुरी अधिकार मञ्च जस्ता संस्थाहरू हाम्रो गाउँको अवस्था देखेर सरकारका निकायहरूसंग खाद्य अधिकारका सवालमा वहस पैरवी समन्वय र सहकार्य गर्दै गएपछि सरकारका निकायहरूको पनि ध्यान पुग्यो । अहिले गाउँका सबैले पक्कि घर बनाउन सफल भएका छन् भने हरेकका घर घरमा मोटरसाईकिल समेत छन् ।

गाउँ खोला कटानको उच्च जोखिममा थियो । सरकारले तटबन्धन गरेपछि बर्षातको समयमा ढुक्क निदाउन पाएका छौं । गाउँका गल्लीहरू पनि कतै पक्कि भएका छन् भने कतै पक्किनाली बनेर सडक ग्राभेल समेत भएका छन् । हामीले बनाएका माटाका भाँडाहरू पनि देशका बिभिन्न स्थानमा बिक्न थालेका छन् । अहिले हाम्रो जिविकोपार्जनमा निकै सुधार भएको छ–स्थानीय सामाजिक अगुवा दामु थारु कुमालले भने ।

अहिले युवा जनशक्ति बिदेश जाने लहर फैलियो । हामी बिदेश जान नपरोस भन्ने चाहान्छौं । युवाशक्तिलाई पनि पुख्र्यौली पेशाप्रति जागरुक बनाउन सरकारको ध्यान अझै जानु पर्यो–लखनऊ विश्वविद्यालयमा बिएस्सी एजी अध्ययनरत सोही गाउँका स्थानीय छविलाल थारुकुमालले भने ।

कूल ५५ घरधुरी रहेको गढवा–३ खैराखालका समुदायको मुख्य पेशा नै माटाका भाँडाहरू बनाउने रहेको छ । उनिहरूले उत्पादन गर्ने गरेका माटाका भाँडाहरू बिक्री गर्न गाउँमै ७ कोठाको गोदाम पर्यटन बिकास डिभिजन कार्यालय नेपालगंजको ६४ लाख ९२ हजारको अनुदानबाट तयार भएको छ भने बिक्रीगर्ने समन्वय गर्न एउटा समूह बनाइएको छ । फियान नेपालको प्राबिधिक सहयोमा सञ्चालित खैरा खाद्य अधिकार समूहले माटाका भाँडाहरू उत्पादन र प्रबर्धन गर्न पटक पटक सरकारका निकायहरूको ध्यानाकर्षण गराउँदै आफ्ना अधिकारहरूलाई अगाडि बढाएको फियान लुम्बिनीका संयोजक सुरेश गौतमले कार्यक्रममा जानकारी दिए। कूल ५५ घरधुरीको बसोवास रहेको खैराखाल थारुकुमाल बस्तिका ३३ घरधुरीले माटाका भाँडाहरू बनाउने पेशा अंगाल्दै आएको बताउँछन् ।

यसअघि सहकर्मी समाज, दक्षिण देउखुरी अधिकार मञ्च र स्थानीय सरकारले पनि माटाका भाँडा पोल्ने आधुनिक भट्टी निर्माणमा सहयोग गरेपछि आफ्नो पुख्र्यौली पेशाप्रति स्थानीयको ध्यान गएको स्थानीयहरू बताउँछन् । वडा कार्यालयको सिफारिसमा गतवर्ष पर्यटन विकास डिभिजन कार्यालय बाँकेले ६४ लाख ९२ हजार लगानी गरेपछि भाँडा राख्ने गोदाम घर, प्रदर्शनी कक्ष (सो रुम), भाँडा पोल्ने भट्टीघर, १५ थान भाँडा बनाउने बिद्युतिय मसिन र २ थान माटो पेल्ने मसिन उपलब्ध गराएको उनीहरू बताउछन ।

अब हामीले उत्पादन गरेका भाँडाहरू बिक्री गर्न पिकअप् भ्यान र मसिनहरू चलाउन प्राबिधिक तालिम आबश्यक छ–स्थानीय अगुवा थारु कुमालले भने । यसैबिच खाद्य अधिकारका बिषयमा १२ बर्षको लगातार वहस पैरवि पश्चात् फियान नेपालले मंगलवार एक कार्यक्रमको आयोजना गरी खैरा खाद्य अधिकार समूहको सवाल स्थानीय सरकारलाई हस्तान्तरण गरेको छ ।