दाङमा भोलि साईकल यात्रा हुने

Blog Post Ad Blog Post Ad Blog Post Ad

घोराही,२७ वैशाख । दाङमा भोलि अर्थात वैशाख २८ गते साईकल टुर हुने भएको छ । दाङ्गमा पहिलो पटक हुन गैरहेको साईकल यात्रा दाङ जिल्ला साईकिलिङ संघको आयोजनामा ‘टुर डे दाङ भ्याली कार्यक्रम हुने भएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

शनिबार २८ गते विहान ७ बजे सुरु हुने साईकल ¥याली घोराहीको शहिद गेटबाट सुरु हुनेछ । घोराही बजारको परिक्रममा पछि गोरक्ष रत्ननाथ चौघेरा हुँदै धारापानीबाट धर्ना, फूलबारी हुँदै शीतलपुर पुगेर तुलसीपुर बजार परिक्रममा गर्दै विजौरी, बेलझुण्डी हुँदै घोराहीमा आएर समापन गरिने अध्यक्ष केसीले बताउनुभयो । साईकल यात्राको दुरी करिव ८५ किलोमिटर रहेको छ ।


कार्यक्रममा राष्ट्रिय तथा अन्तरष्ट्रिय स्तरका साईकिलिङका खेलाडीहरुको सहभागिता रहने भएको छ ।पछिल्लो समय साईकिलिङ खेलकुदको रुपमा समेत विकास भएकाले यस प्रति युवाहरुको आकर्षण बढ्ने अपेक्षा आयोजकको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

साईकिलिङको माध्यमबाट स्थानीय पर्यटकीय स्थलहरुको प्रवद्र्धन गर्ने र स्वास्थ्य र वातावरणलाई हुने फाईदाको बारेमा जनचेतना अभिवृद्धि गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको संघका अध्यक्ष रेशम केसीले जानकारी दिनुभयो । ‘दाङमा पर्यटकीय क्षेत्रहरुको प्रवद्र्धन गर्न र यसले मानिसको स्वास्थ्य र वातावरणमा पुग्ने फाईदाको बारेमा जानकारी दिन यो कार्यक्रम आयोजना गरिएको हो ।’

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *