दाङमा हुने साईकल यात्रामा पुष्कर शाह आउने


दाङ, वैशाख २५ । दाङमा एक दिने साईकल यात्रा हुने भएको छ । आगामी शनिबार २८ गते दाङ जिल्ला साईकिलिङ संघको आयोजनामा ‘टुर डे दाङ भ्याली कार्यक्रम हुने भएको हो । कार्यक्रममा सहभागी हुन विश्व साईकल यात्री तथा सगरमाथा आरोही पुष्कर शाह दाङ आउनु हुने भएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

संघले घोराहीमा पत्रकार सम्मेलन गरेर कार्यक्रमको बारेमा जानकारी दिएको छ । साईकिलिङको माध्यमबाट स्थानीय पर्यटकीय स्थलहरुको प्रवद्र्धन गर्ने र स्वास्थ्य र वातावरणलाई हुने फाईदाको बारेमा जनचेतना अभिवृद्धि गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको संघका अध्यक्ष रेशम केसीले जानकारी दिनुभयो । ‘दाङमा पर्यटकीय क्षेत्रहरुको प्रवद्र्धन गर्न र यसले मानिसको स्वास्थ्य र वातावरणमा पुग्ने फाईदाको बारेमा जानकारी दिन यो कार्यक्रम आयोजना गरिएको हो ।’

Blog Post Ad Blog Post Ad Blog Post Ad

आगामी शनिबार २८ गते विहान ७ बजे सुरु हुने साईकल ¥याली घोराहीको शहिद गेटबाट सुरु हुनेछ । घोराही बजारको परिक्रममा पछि गोरक्ष रत्ननाथ चौघेरा हुँदै धारापानीबाट धर्ना, फूलबारी हुँदै शीतलपुर पुगेर तुलसीपुर बजार परिक्रममा गर्दै विजौरी, बेलझुण्डी हुँदै घोराहीमा आएर समापन गरिने अध्यक्ष केसीले बताउनुभयो । साईकल यात्राको दुरी करिव ८५ किलोमिटर रहेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कार्यक्रममा राष्ट्रिय तथा अन्तरष्ट्रिय स्तरका साईकिलिङका खेलाडीहरुको सहभागिता रहने भएको छ । साईकलबाट विश्व भ्रमण गरिसक्नु भएका पुष्कर शाह, पारासाईक्लिष्ट यमलाल रसाईली, मेचिमहाकाली साईकल यात्री रेशम केसी साईकलबाटै ७७ जिल्ला भ्रमण गर्नुभएका एभरेष्ट बाबु लगाएतका करिव ६५ जना ब्यक्तिहरु सहभागी हुने भएका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

पछिल्लो समय साईकिलिङ खेलकुदको रुपमा समेत विकास भएकाले यस प्रति युवाहरुको आकर्षण बढ्ने अपेक्षा आयोजकको छ । पत्रकार सम्मेलनमा प्रमुख अतिथी नेपाल पत्रकार महासंघका अध्यक्ष सविन प्रियासनले साईकिलिङको विकासका लागि संघले दाङमा खेलेको भुमिका राम्रो रहेको र भोलिका दिनहरुमा पनि सहयोग हुँदै जाने बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कार्यक्रम सञ्चालनका लागि खर्च लाग्ने भएकाले साइकल यात्रा गर्न चाहनेहरुको लागि नाम दर्ता शुल्क एक हजार पाँच सय रुपैयाँ राखिएको आयोजकले बताएको छ । कार्यक्रम संयोजक तथा संघका उपाध्यक्ष ललित श्रेष्ठको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव विमल श्रेष्ठले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *