गाउँगाउँमा बैंक, स्थानियलाई सहज

दिप्तीशिखा चौधरी

Blog Post Ad Blog Post Ad Blog Post Ad

सदियौ देखि सहज बैकिङ सेवाबाट विमुख पश्चिम दाङका स्थानियहरु बन्चित हुदै आएका थिए । तर पछिल्लो समय स्थानीय तहमा बैंकिङ सेवा पुगे पछि यहाँका जनतालाई कारोवारको काम सहज भएको छ । सरकारको देशका सबै स्थानीय तहमा बैँक शाखा स्थापना गर्ने लक्ष्य अनुसार स्थानीय तहमा बैँकको स्थापना भएका छन् ।
दाङको पश्चिममा पर्ने दंगिशरण गाउँपालिकामा नीजि क्षेत्रको लगानीमा स्थापना भएको एनसीसी बैँक, कालिका लघुबित्त वित्तिय सस्ंथा लिमिटेड, बबई गाउँपालिकामा नेपाल बंगलादेश बैँक, भार्गव विकाश वैंक, वेष्र्टन डेभलपमेन्ट वैंक र शान्तीनगर गाउँपालिकामा इम्भेष्टमेन्ट बैँकका शाखा स्थापना भएका छन् ।
स्थानीय तहमै बैँक स्थापना भएपछि सरकारी तथा नीजी कार्यालयलाई मात्र नभएर व्यक्तिगत कामका लागि पनि सहयोग पुगेको दंगिशरण वडा न. ४ मा रहेको सति बचत तथा ऋण सहकारी सस्ंथाका अध्यक्ष बसन्ती वलीले बताउनुभयो । ‘गाउँ ठाउँ मै बैँक स्थापना भए पछि हामीलाई टाढा जानुपर्ने बाध्यता हटेको छ ।’ उहाँले भन्नुभयो ‘अहिले बैँकसंगको कारोवार आफ्नै गाउँमा हुने गरेको छ ।’
यस्तै गाउँपालिकाले उपभोक्ता समिती मार्फत संचालन गर्नुपर्ने योजनाका लागि खाता खोल्ने काम लामो दुरीको यात्रा तय गरि तुलसीपुर वा घोराही बजार पुग्नु पर्ने बाध्यता टरेको दंगिशरण गाउँपालिका अध्यक्ष भागिराम चौधरी बताउनुहुन्छ । अहिले कार्यालय नजिकै बैँक स्थापना भएपछि कामकाजमा धेरै सहज भएको अध्यक्ष चौधरीको अनुभव छ ।
बैँक स्थापना भएपछि गाउँमा पुगेको गाउँपालिका र वडा कार्यालयका कर्मचारीलाई समेत सहज भएको छ । बैक कै कारण सरकारी खाता संचालन गर्न सजिलो भएको दंगिशरण गाउँपालिका महिला तथा बालबालिका शाखाकी कर्मचारी चन्द्रा वलीले बताउनुभयो । ‘स्थानीय तहमै बैँक छ, नजिकै भएकाले आवश्यत्ता अनुसार काम पूरा भएको छ ।’ उहाँको भनाई ।
गाउँपालिकाको कार्यालय नजिक बैँक स्थापना भएपछि बिद्यालयको खाता समेत एन.सी.सी बैँकमा खोलेको बीरेन्द्र माध्यमिक बिद्यालयका प्रधानाध्यापक खीमराज खनालले बताउनुभयो । उ
दंगिशरण गाउँपालिकामा एन सी सी बैँक २०७४ पुस २३ गते ३बाट सबै सेवा सुबिधा सहित सेवा सुरु गरेको बैँकका शाखा अधिकृत विनय अधिकारीले जानकारी दिनुभयो । बैँकमा अहिले खाता खोल्ने, बचत, ऋण निकाल्ने र विदेशबाट पैसा आउने सेवा दिईरहेको बैकका शााखा प्रमुख अधिकारीले बताउनुभयो ।
पश्चिम दाङमा सबै भन्दा विकट क्षेत्रको रुपमा शान्तीनगर गाउँपालिकालाई लिने गरिन्छ । जहाँ इम्भेष्टमेन्ट बैँक खुलिसकेको छ यसले गर्दा शान्तीनगरका जनताहरुलाई तुलसीपुर धाउनु पर्ने बाध्यता हटेको शान्ती नगर गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले बताउनुभयो । यस्तै बबई गाउँपालिकामा पनि बैँक स्थापना भएकाले बैँकसंग हुने सम्पूर्ण कारोबार गर्न सहज भएको बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले बताउनुभयो ।
सरकारले २०७४ सालको साउन महिनामै सबै स्थानीय तहमा बैँक पु¥याउने घोषणा गरेको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *