शिवरात्री मेलामा एक हजार लिटर मदिरा बरामद

दाङको पाण्डवेश्वर मन्दिर धारापानीमा लाग्ने शिवरात्री मेलाको अवसरमा दाङ प्रहरीले करिव एक हजार लिटर मदिरा बरामद गरेरको छ । आइतवर, सोमवार र मंगलबार तीन दिनसम्म चलेको शिवरात्री मेलामा प्रहरीले जाँड, रक्सी, गाजाँ भाङ, धतुरो लगायतका नसाजन्य पदार्थ निशेष गरेको थियो ।
प्रहरीले निषेध गर्दा गदैै पनि त्यहाँ अवैध रुपमा बेच्न राखिएका रक्सीलाई यहाँको प्रहरीले जफत गरेको थियो । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरिक्षक विक्रम कुँवरका अनुसार प्रहरीले बरामद गरेको मदिरालाई मंगलवार नष्ट गरिएको छ ।
प्रहरी निरिक्षक कुवर कै नेतृत्वमा प्रहरीले ठुलो परिमाणमा मदिरा जफत गरेको थियो । मेलालाई भव्य र सभ्य बनाउनको लागि नसाजन्य पदार्थमा पुरै बन्देज लगाइएको उनले बताए ।
मेलाबाट बरामद गरिएको शिलप्याक मदिरा भने पसल धनीहरूलाई फिर्ता गरिएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *