सुकेटार टावरलाई पाइलटको अन्तिम जानकारी – ‘हेभ्भी स्नोफल भइरहेको छ, म उड्न सक्दिनँ’

 

Blog Post Ad Blog Post Ad Blog Post Ad

संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारीसहित ६ जना चढेको हेलिकप्टर ताप्लेजुङमा दुर्घटना भएको छ । प्रहरी घटनास्थलतर्फ गइरहेको छ । सुकेटार विमानस्थल टावरले हेलिकप्टर पौने १ बजेसम्म सम्पर्कमा रहेको जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

त्रिभुवन विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीका अनुसार क्याप्टेन प्रभाकर केसीले सुकेटार टावरलाई पौने १२ बजे आफू पाथीभरा क्षेत्रमा रहेको जानकारी गराएका थिए।

Blog Post Ad Blog Post Ad Blog Post Ad

त्यसको १ घण्टा पौने १ क्याप्टेन केसीले सुकेटार टावरलाई आफू रहेको क्षेत्रमा ‘हेभ्भी स्नोफल’ भएको बताएका थिए।
प्रवक्ता तिवारीले सुकेटार टावरको भनाइ उद्धृत गर्दै भने, ‘यता मौसम खराब छ। हेभ्भी स्नोफल भइरहेको छ। म उड्न सक्दिनँ।’

Blog Post Ad Blog Post Ad Blog Post Ad

पर्यटन मन्त्री अधिकारी सहित अन्य यात्रुहरु तेह्रथुमको चुहानडाँडामा बनाउन लागिएको प्रस्तावित विमानस्थलको सम्भाव्यता अध्ययन गर्न बुधबार बिहान साढे ८ बजे काठमाडौंबाट उडेको थियो।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *