जि पि कोइरला अध्ययन केन्द्र रुकुमको अध्यक्षमा ओली मनाेनित

दाङ, ४ असोज|जि पि कोइराला अध्ययन केन्द्र रुकुम पश्चिमको अध्यक्षमा नेपाल विद्यार्थी संघ रुकुमका सहसचिव नबराज अाेलीलाई मनाेनित गरिएको छ ।
जि पि कोइराला समाजवादप्रति आस्था राख्ने तरुण विद्यार्थीहरुको नेतृत्व तथा गिरिजाप्रसाद कोइरालाले प्रजातान्त्रिक आन्दोलनमा गरेको योगदानको बारेमा र नेपाली जन समुदायहरुलाइ समुन्नत बाटोमा लैजानका निमित्त गठन भएको जि पि कोइराला अध्ययन केन्द्र रुकुम पश्चिमकाे अध्यक्षमा अाेलीलाई जिम्मेवारी दिईएको हो ।
यस्तै नवविर्वाचित अध्यक्ष अाेलीले अबका दिनहरुमा सबैकाे सहयोगमा अध्ययन केन्द्रले आफुलाई दिएको जिम्मेवारीको पूर्ण रुपमा पालन गरि संस्थालाई अगाडि बढाउन लागी पर्ने बताएका छत ।
जि पि कोइरालाको विचारलाई सम्प्रेशण गर्नका लागी नेपालका सबै जिल्लामा मञ्चको विस्तार गरिदै छ । यस जि पि कोइराला अध्ययन केन्द्र रुकुम पश्चिमको अध्यक्षको जिम्मेवारी जि पि कोइराला अध्ययनका केन्द्रिय अध्यक्ष राम प्रसाद अधिकारिले जिम्मेवारिले दिनु भएको छ ।

Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *