शान्तिनगर गाउँपालिका अझै एक साता शिल हुने


दाङ,५ असोज। शान्तिनगर गाउँपालिका अझै एक साता बन्द हुने भएको छ ।गाउँपालिकाका कर्मचारीमा कोरोना पुष्टि भएपछि एक सातालाई शिल गरिएकोमा थप कर्मचारीमा कोरोना संक्रमण भएपछि थप एक साता शिल गरिने भएको हो।

यस अघि कर्मचारीमा कोरोना देखिएपछि आजसम्म शिल गरिएको थप कर्मचारीमा कोरोना देखिएपछि एक साता शिल गरिने गाउँपालिका अध्यक्ष कमानसिंह डाँगीले जानकारी दिनुभयो । शान्तिनगर गाउँपालिकामा हिजोमात्रै ४ कर्मचारीसहित ११ जनामा कोरोना संक्रमण देखिएको थियो . कोरोनाको जोखिम कायमै रहेको हुँदा एक सातालाई शिल गरिने अध्यक्ष डाँगीले जानकारी दिनुभयो ।

Blog Post Ad

उता रोल्पाका गंगादेव गाउँपालिका एक साताका लागि शिल गरिएको छ। गाउँपलिकाका ८ जना समुदायःतरका व्यक्तिमा कोरोना संक्रमण देखिएपछि गाउँपालिका आजदेखि एक सातका लागि शिल गरिएको हो ।

Blog Post Ad

गाउँपालिकाका कार्यबहाक अध्यक्ष जलेश कुमार केसीले आज एक विज्ञप्ती जारी गरी कोरोना संक्रमण रोकथामका लागि गाउँपालिका एक सातालाई शिल गरिएको जानकारी दिनुभएको छ । गाउँपालिकामा सम्पूर्ण सरकारी तथा गैरसरकारी संःथाह, बैंक तथा वित्तिय संःथाह?, विद्यालय, बजार बन्द भएका छन् भने धार्मिक क्षेत्र र
सार्वजनिक क्षेत्रमा आवाताजावातमा रोक लगाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *