गाउँपालिकाले विभेद गरेको गुनासो

दाङ,२ फागुन । राजपुर गाउपालिका वडा नं. ५ महतिनीया खोलावासीले गाउपालिकाले आफुहरुलाई विभेद गरेको गुनासो गरेका छन । उनीहरुले विहिवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरि गाउँपालिकाले राष्ट्रपति चुरे संरक्षण कार्यक्रम अन्तर्गत आएको बजेट बास्तविक प्रभावित क्षेत्रमा नलगाएर अनेत्र लगाएको बताएका छन ।

Blog Post Ad


सरकारले चुरे संरक्षण कार्यक्रम अन्तर्गत यसआर्थिब बर्षमा २ करोड ८२ लाख ५० हजार रुपैयाँ छुट्याएको छ । महतिनीयाँखोलाको सिरदेखि राप्तीनदिसम्मको स्थानको संरक्षणका लागि सरकारले उक्त बजेट बिनियोजन गरेपनि स्थानीय सरकारले पुर्वाग्रही रुपमा मुख्य प्रावित क्षेत्रमा बजेट नदिई अनेत्र विनियोजन गरेको स्थानीय दलबहादुर गिरीले बताए ।

Blog Post Ad


उक्त क्षेत्र संरक्षणका लागि सरकारले २० बर्षिय गुरुयोजना निर्माण गरेर बर्षेनी बजेट बिनियोजन गर्ने गरेपनि स्थानीय सरकारले विभेद गरेको उनले बताए । उक्त टोलीले यसै विषयमा वन तथा वातावरण मन्त्री शतिmबहादुर बस्नेतलाई समेत ज्ञापन पत्र बुझाएको पत्रकार सम्मेलनमा जानकारी भुप्पाखाडा महिला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सुनिता बुढाले बताइन ।


कार्यक्रमले माथिल्लो तटिय क्षेत्रलाई संबेदनशिल क्षेत्रका रुपमा अघि बढाएपनि अहिले स्थानीय सरकारले उक्त क्षेत्रलाई बेवस्था गरेको आरोप लगाईन । कार्यक्रम नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनको प्रमुख आथित्यतामा भएको थियो । कार्यक्रमको सहजीकरण रेकबहादुर बुढाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *