घोराहीमा अपांगता परिचय पत्र बितरण सुरु

घोराही, २ फागुन | घोराही उपमहानगरपालिकाले अपांग परिचय पत्र बितरण थालेको छ । सरकारको नयाँ कार्य बिधि अनुसार घोराही उपमहानगरले आफ्नै कार्य बिधी बनाएर फेरी अपांगता परिचय पत्र बितरण थालेको हो ।

Blog Post Ad

Blog Post Ad

आज नगर प्रमुख नरुलाल चौधरीले घोराही ८ सौँरीका पर्वत थारुलाई परिचय पत्र हस्तान्तरण गरेर बितरणको काम थाल्नुभएको हो । नगर उपप्रमुख सीता सिग्देल न्यौपाने र महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख मोतीकुमारी बिश्वकर्माको उपस्थितीमा वोली नआउने र कान नसुन्ने अबस्थामा रहेका पर्वतलाई ख बर्गको अपांगता परिचय पत्र दिईएको हो ।

सरकारले अपांगता भएकाहरुलाई क, ख, ग र घ बर्गमा बर्गिकृत गरी परिचय पत्र वितरण थालेको हो । उक्त परिचय पत्रका आधारमा गाडी भाडा, स्वास्थ्य उपचारमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *