कथा :- अप्रत्यासित खबर

दीपक जीएम आर्जव

Blog Post Ad

अमृता उमेरले १८ पुगिन्, जन्मदिन भएर पनि उनी त्यति खुसी भने थिईनन् शायद सानो छँदाको क्षण सम्झेर होला अमृताका परेला भिजेका छन र गरिबीको कारण उनी सानो छँदा नै उपचार नपाएर उनी टुहुरो हुन पुगिन् । तर, पनि हिम्मत नहार्दै उनी अगाडी बढ्छिन र सिलाई कटाईको पेशा थियो भने दिन चर्या गर्ने बाटो बनेको थियो ।

Blog Post Ad

घरको छेउमा एउटा स्कूल मास्टर बस्ने गर्दथ्यो, गत वर्ष देखि आएको त्यो दिनेश नाम गरेको स्कूल टिचरले सधै स्कूल जादा र फर्किदा अमृतलाई नियाल्ने गर्दथ्यो भने अमृताले पनि बेला बेलामा दिनेशले थाहा नपाउने गरी चियाउने गर्दथिन । अमृताको लजालु स्वभाव अनि रूपले दिनेश उनी प्रति भुतुक्कै थिए भने अमृता पनि दिनेशको हरेक आनीबानी ले गर्दा ऊ प्रति आकर्षित थिइन । समयसँगै उनीहरू बीच मित्रता बढ्दै गयो । घुलमिल हुन थाल्छन, दिनहु दिनेश स्कूलबाट फर्किदा अमृतासँग घण्टौ बात मर्ने गथ्र्यो ।

रमाइला रमाइला कुराहरुले अमृतालाई खुसी बनाउँथ्यो साथै अमृता पनि जिन्दगीका मिठा मिठा पलहरूलाई सपनामा सजाउने गर्थिन भने बेला बेलामा दिनेशलाई जिस्काउँदै चिम्टी लाउने गर्थिन । दिनेश र अमृताको सम्बन्ध एकाएक प्रेममा परिणत हुन पुग्छ, उनीहरू दुबैलाई एक अर्काको साथ सारै नै रमणीय लाग्छ साथै प्रेममा लालायित भएका ती दुई जोडी खुल्ला आकाशमा प्रेमको सन्देश बोकी उडेका चराहरु झै एक अर्का प्रति आफूलाई समर्पित गरेका थिए । अमृतले पनि आफ्नो तनमन दिनेशलाई सुम्पिन्छिन ।

मायाको प्यासीहरुले एक अर्का बहेक कसैलाई पनि देख्दैनन र आनन्दमयी सँसारमा हराउन बाध्य हुन्छन । चाडपर्व नजिकिदै गरेको बेला एउटा चिठी छोडेर दिनेश गाउँबाट अलप हुन्छ, अमृता चिठी पढ्दै रुन थाल्छिन । एक्कासी केही न भनेर दिनेश गाउँबाट बाहिरिदा अमृता सारै दुखित हुन्छिन । समयको बेगलाई कसले नै रोक्न सक्थ्यो र…! हुदा हुदा दिनेश गएको पनि ३ महिना बितिसक्छ तर चिठी खबर भने केही पनि न आउँदा उनी झन झन दुखी हुदै जान्छिन । पेटमा दिनेशको नासोले ठुलो रूप लिदै थियो, अमृता लाई यो कुरा ले पनि चिन्तित बनाएको थियोर आँधी सरी आएको प्रेममा उनीहरू बीच भएको एउटा सानो गल्तीले समयसँगै एउटा ठूलो संकटको आव्हान निम्त्याएको थियो । बिहे अघि नै अमृता आमा बन्दै थिइन भने गाउँमा कुरा काट्नेहरुको ताती बढ्दै थियो ।

 

गाउँका भलादमीहरुले अमृतालाई बच्चा गिराउन सल्लाह दिन्छन र नगिराए गाउँबाट निकाला गर्ने धम्की दिन्छन । बिचरी अमृतको दिमागले केही पनि सोच्न सकेको हुदैन । चारैतिरबाट कसैको पनि सहयोग नपाउँदा उनलाई आफ्नो जीवन अन्धकारमा झूल्से सरी हुन्छ र अन्तिममा उनले बच्चा जन्माउने निर्णय लिन्छिन र गाउँ छाडछिन । शहरको छेउमा रहेको सुकुम्बासी टोलमा गएर आफ्नो जीवन निर्वाह गर्न थाल्छिन, त्यहा पनि कुदृष्टि नजर लगाउनेको कमी भने थिएन ।

सिउँदोमा न त सिन्दूर थियो न त घाटीमा पोते नै तर पेटमा रहेको बच्चालाई देखेर उनलाई नानाथरिका वचनहरु सुन्नु पथ्र्यो तर पनि उनी आँसुका धाराहरु बगाउँदै सँघर्ष गर्न थाल्छिन र अघि बढ्ने क्रममा बच्चा जन्माउन सफल हुन्छिन । ‘भाग्यले कतिबेला कोल्टो फेर्छ कसलाई नै थाहा हुन्छ र’’ त्यस्तैमा एकदिन खोलाको किनारमा कुनै फिल्म शुटिंग भैरहेको हुन्छ । अमृता पनि छेउमै गिट्टी कुट्दै गरेकी हुन्छिन । शूटिंगको क्रममा फिल्म बनाउने निर्देशकको नजर अमृता माथि पर्न जान्छ ।

यति राम्री अनि कलकलाउँदो उनको रूपलाई देखेर निर्देशक उनीप्रति आकर्षित हुन्छ अनि अमृतालाई फिल्म कि हिरोइनको लागी आमन्त्रित गर्दछ तर अमृताले नकार्दै मबाट यो सब हुन नसक्ने बताउँछिन । जीवनमा आएका अनौपचारिक यस्ता मौकाहरुलाई नगुमाउ । हिड म सँग म तिमीलाई जीवनको नयाँ परिवेसमा लिएर जान्छु जहा तिमीले आफ्नो सुनौलो भविष्य बनाउन सफल हुने छ्यौ भन्दै निर्देशकले उनलाई सल्लाह दिन्छ र छोरा तिर हेर्दै कति पनि ढिला नगरी अघि बढ्ने निर्णय लिन्छिन ।

हाउभाउ, खानपिन अनि लगाईलाई बदलिदै अमृता चलचित्र क्षेत्रमा प्रवेश गर्छिन जहा एउटा सफल नायिका बनेर चारैतिर छाउन थाल्छिन । एक एक गर्दै दर्जनौ फिल्महरुमा काम गरिसकेपछि विगतका दिनहरुमा आफूले भोगेका दुखहरु अनि जून कष्टसँग उनले जीवन निर्वाह गर्नु परेको थियो ती सबै क्षण भर मै बिर्सीन्छिन तर दिनेशलाई चाहेर पनि भुल्न सक्दैनिन, उनको पहिलो माया होस या अन्तिम माया होस जे भने पनि उनको सबैथोक दिनेश नै थियो ।

अमृतालाई धेरै ठाउँबाट बिहेको प्रस्ताव आउँदा पनि उनले बेवास्ता गरिन र छोरालाई नियाल्दा दिनेशको झझल्कोले उनलाई बाहिरी सँसारमा जान समेत दिएन, एकदिन अवश्य दिनेशसँग भेट हुन्छ भन्ने आश लिएर अमृता अगाडी बढ्दै थिइन । शनिबारको दिन थियो र उनको एक टेलिभिजनमा अन्तर्वार्ता भएकोले हतार हतार उनी तयार हुदै थिइन साथै छोरालाई पनि लुगा लगाइदिदा एक्कासी टिभीमा कसैको आवाजले उनी झसँग हुन्छिन र फर्किदा टिभीमा दिनेशलाई पाउँछिन जसले उनलाई मौन गराउँछ र कति पनि ढिला नगरी हतार हतार टेलिभिजन कार्यालयमा फोन लगाउँछिन र उताबाट हेलो भन्दै दिनेश बोल्छन, ’’अमृता हेलो हेलो भन्दै रुन थाल्छिन् उनको रुवाईले दिनेशले अमृता नै हुन भन्ने प्रस्ट हुन्छ’’ क्षण भर मै उनीहरू बीच एक अर्कासँग लामो समयसम्म कुरा हुन्छ र आफू कान्तिपुर मै आउन लागेको बताउँछिन ।

तिम्रो पर्खाइमा बस्छु भन्दै दिनेशले फोन राख्छ । दिनेश बाहिर बाटोमा आई कुरिरहेको हुन्छ कि परबाट अमृता र छोरालाई आउँदै गरेको देख्छ र मन मनै ‘आहा कस्ती राम्री र निर्दोष मेरी अमृता अझै उस्तै नै देख्छु म त तिमीलाई, कति कुराहरु अधुरा छन जून मैले तिमीलाई भनेको पनि छैन, कसरी भनु म तिमीलाई कि मेरो बाबा परलोक सुधार्नु भएको कारणले म तिमी लाई एक शब्द नभनी तिमीलाई एक्लै छोडी आयो साथै बाबाको शोकमा आमालाई पनि केही समय पछि गुमाउन पुगे त्यसपछि साना साना बहिनीहरुको जिम्मेवारी म माथि नै आइपर्यो ।’

त्यतिकैमा आउँदै गरेको छोरा दौडिदै बाबा भनेर दिनेशको काखमा लडिबुडी खेल्न थाल्छ अनि अमृता मन्द मुस्कान लिदै उनी भए तिर आउँदै थिइन कि पछाडीबाट आएको ट्रकले उनलाई ठक्कर दिन्छ । दिनेश चिच्याउँदै अमृता भए तिर जान्छ र रगतमा लतपतिएको अमृतको शरीरलाई अँगालो हाल्छ र रुन थाल्छ तर अमृताको शरीर उ सँग भए पनी प्राण भने गैसकेको हुन्छ ।

छेउमा रहेको बच्चा रुदै लाशको नजिक जान्छ र बोल्न थाल्छ’’ आमा आमा के भयो उठ्नु न उठ्नु न आमा ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *