खानेपानीको निर्वाचन सम्पन्न

घोराही २३ माघ । घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचन सम्पन्न भएको छ । निर्वाचनका लागि दुईवटा प्यानल चुनावि मैदानमा उत्रिएका थिए भने राष्ट्रिय जनमोर्चाले पनि तीन जना सदस्यलाई चुनावि प्रतिशपर्दामा उतारेको थियो ।

Blog Post Ad


निर्वाचनमा ५ हजार ८ सय ५३ जना मतदाता रहे पनि ३ हजार १ सय ३६ जनाले मतदान गरेका थिए ।  निर्वाचनमा वर्तमान अध्यक्ष देविबहादुर डिसीको नेतृत्वमा एउटा प्यानल र गणेश श्रेष्ठ नेतृत्वमा अर्को प्यानल निर्वाचनमा उत्रिएको थियो । निर्वाचनका लागि दुवै प्यानलले आफ्नो पक्षमा मत परेको दावि गरेका छन ।

Blog Post Ad


डिसीको प्यानलबाट निर्वाचन उठेका अधिकांश वर्तमान कार्य समितिमा रहेका व्यक्ति हुन भने श्रेष्ठको प्यानलमा अधिकासं नयाँ अनुहार छन ।


डिसीको प्यानलबाट उपाध्यक्षमा भरतमणि पाण्डेय, सचिवमा सुमन शर्मा, कोषाध्यक्षमा ध्रुब केसी, सदस्यहरुमा धर्मेन्द्र श्रेष्ठ, नारायण भण्डारी, यशोदा देवी पाण्डे, खुमा खड्का थापा मगर, लक्ष्मीसिंह ठकुरी निर्वाचनमा होमिएका थिए ।


श्रेष्ठको प्यानलबाट उपाध्यक्षमा मधुसुदन शर्मा, सचिवमा निर्मल गौतम, कोषाध्यक्षमा नरबहादुर बुढाथोकी, सदस्यहरुमा दुर्गा खत्री, दिलिप खनाल, विष्णु कालाथोकी, भुमा चौधरी, मनकुमारी पुन निर्वाचनमा होमिएका थिए ।  निर्वाचन स्थायिन निकायको चुनावको झल्को दिने गरि मतदान प्रक्रिया संचालन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *