बाँकेको समुदाय मै देखिन थाल्यो कोरोना

Blog Post Ad Blog Post Ad Blog Post Ad

बाँके, ११ साउन। बाँकेमा समुदायस्तरमा कोरोना संक्रमण देखिएको छ । लकडाउनको अन्त्य भएसँगै बजार क्षेत्रमा बढेको चहलपहलका कारण संक्रमणको जोखिम बढ्दै गएको हो ।

शनिबार भेरी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा नेपालगन्जका २ र जुम्लाका १ जनामा कोरोना पोजेटिभ देखिएसङ्गै बाँकेमा समुदायस्तरमा कोरोना संक्रमण फैलिएको पुष्टि भएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

नेपालगन्ज ११ का ३९ बर्षिय संक्रमित पुरुष त्रिभुवन चोकमा मिठाई पसल गर्ने व्यक्ती भएको, उनी कतै बाहिर देश तथा जिल्लातिर नगएको र बर्दिया बासगढी ४ घर भइ हाल नेपालगन्ज १२ बस्ने १९ बर्षिया महिला दैनिक ज्यालादारी काम गर्ने मजदुर भएको र दैनिक कामको खोजिमा त्रिभुवन चोकमा जाने गरेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

त्यसैगरी, जुम्लाका ३३ बर्षिय संक्रमित पुरुष आन्तरिक राजस्व कार्यालय बाँकेमा कार्यरत अधिकृत स्तरका सरकारी जागिरे भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उनिहरु सबैको गत ८ गते नेपालगन्जको त्रिभुवन चोकमा स्वाब संकलन गरिएको थियो । त्रिभुवन चोकमा संकलन गरिएका १ सय ३० स्वाब मध्ये ३ जनामा कोरोना पुष्टि भएको हो । उनिहरु कोहि पनि क्वारेन्टाइनमा नबसेको जनाइएको छ ।

यो सङ्गै बाँकेमा कोरोना संक्रमितको संख्या ४ सय ३ पुगेको छ । जसमध्ये, २ जनाको मृत्यु भइ सकेको छ भने ३ सय ७२ जना निको भएर घर फर्केका छन । अब २९ जनाको आइसोलेसनमा उपचाररत रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *