दाङको विकासमा लकडाउनको असर, सडकको ३९ प्रतिशत बजेट खर्च हुन सकेन

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, ११ साउन । कोरोना भाइरस रोकथामका लागि चार महिनासम्म भएको लकडाउनका कारण दाङमा सडक निर्माणको कार्यप्रगति न्यून भएको छ । डिभिजन वन कार्यालय दाङका अनुसार आर्थिक वर्ष २०७६÷०७७ मा कुल एक अर्ब २८ करोड ३१ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । विनियोजित मध्ये ७९ करोड ३६ लाख १७ हजार रुपैयाँ मात्र खर्च भएको छ । कुल विनियोजित मध्ये खर्च भएको रकम ६१ प्रतिशत हुन आउँछन ।


आव २०७६÷७७ मा विनियोजित मध्ये ३९ प्रतिशत अर्थात ४८ करोड ९४ लाख ८२ हजार रुपैयाँ खर्च हुन नसकेको सडक डिभिजन कार्यालय दाङका सूचना अधिकृत खुमबहादुर भण्डारीले जानकारी दिनुभयो । ‘गतवर्ष कुल विनियोजित मध्ये ८१ प्रतिशत बजेट खर्च भएको थियो,’ उहाँले भन्नुभयो, ‘लकडाउनका कारण सबै कामकाज थप्प भए ।’

Blog Post Ad Blog Post Ad Blog Post Ad


सरकारले चैत ११ गते देखि पूर्ण लकडाउन गरेको थियो । पहिलो डेढ महिनामा कुनै पनि काम हुन पाएन । डेढ महिनापछि सरकारले निर्माणजन्य काम सुचारु गर्ने घोषणा गरेपनि अपेक्षाकृतरुपमा कामको गति अघि बढ्न सकेन । लकडाउनका कारण मजदूर घरघर गइसकेकाले फर्कन निकै गाह्रो भएको भण्डारीको भनाई छ । ‘सवारीसाधन नचल्दा घरफर्केका मजदूरहरु निर्माणस्तलसम्म आउन सकेनन्, केही मजदूरहरु कोरोनाका डरले पनि काममा फर्कन मान्नुभएन,’ उहाँले भन्नुभयो, ‘यहीँ कारण समयमा सडक तथा पुलका काम सम्पन्न नहुने निश्चित भएको छ ।’

सडक डिभिजन कार्यालयमा पुजिगत तर्फ विभिन्न १० ओट शिर्षकमा बजेट विनियोजन भएको थियो । कुनै पनि शिर्षकमा पूरा खर्च हुन सकेको छैन । रणनीतिक सडक पुल निर्माण तथा पुलपुलेसा संरक्षणमा १२ करोड १५ लाख रुपैयाँ बजेट विनियोजन भएकोमा ९ करोड १३ लाख रुपैयाँ खर्च भएको छ । यो शिर्षकमा ३ करोड रुपैयाँ खर्च हुनसकेको छैन । त्यसैगरी स्थानीय सडक पुल निर्माण तर्फ ३४ करोड २२ लाख रुपैयाँ विनियोजन भएकोमा २९ करोड ९१ लाख रुपैयाँ खर्चभएको छ भने ५ करोड रुपैयाँ खर्च हुनसकेन ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सडक क्षेत्र विकास आयोजनामा त झन् अत्यन्त न्यून कार्यप्रगति भएको छ । सो शिर्षका १० करोड रुपैयाँ विनियोजन भएकोमा ३ करोड ३८ लाख रुपैयाँ मात्र खर्च हुन सकेको छ । ६ करोड ६१ लाख रुपैयाँ खर्च हुन नसकेको कार्यायले जानकारी दिएको छ ।

औद्योगिक पूर्वाधार विकास कार्यक्रम (विशेष आर्थिक क्षेत्र समेत)मा ३ करोड रुपैयाँ विनियोजन भएकोमा ४१ लाख ३८ हजार रुपैयाँ मात्र बजेट खर्च भएको छ । २ करोड ५८ लाख ६१ हजार रुपैयाँ बजेट खर्च हुन नसकेको कार्यालयले जानकारी दिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

मदनभण्डारी राजमार्गमा १७ करोड ३३ लाख रुपैयाँ बजेट विनियोजन भएकोमा १५ करोड ६४ लाख रुपैयाँ खर्च भएको छ भने १ करोड ६९ लाख रुपैयाँ खर्च हुन नसकेको कार्यालयले जनाएको छ । ९ करोड रुपैयाँ बजेट विनियोजन भएको सडक पूर्वाधार विकास कार्यक्रममा ३ करोड १४ लाख रुपैयाँ मात्रै खर्च भएको छ । यो शिर्षकमा ५ करोड ८५ लाख रुपैयाँ खर्च हुन सकेन ।

२४ करोड रुपैयाँ विनियोजन भएको तराई मधेस सडक पूर्वाधार विकास कार्यक्रममा ९ करोड ७७ लाख रुपैया मात्र खर्च भएको छ । यो शिर्षकमा विनियोजित मध्ये १४ करोड २२ लाख रुपैयाँ खर्च हुन सकेन ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

१० करोड रुपैयाँ विनियोजन भएको सडक क्षेत्र विकास आयोजनामा ३ करोड ३८ लाख रुपैयाँ मात्र खर्च भएको छ । यो शिर्षकमा विनियोजित ६ करोड ६१ लाख रुपैयाँ खर्च हुन सकेको छैन । ३४ करोड २२ लाख रुपैयाँ विनियोजन भएको स्थानीय सडक पुल निर्माण शिर्षकमा २९ करोड १८ लाख रुपैयाँ खर्च भएको छ भने ५ करोड रुपैयाँ खर्च हुन सकेको छैन ।

सरकारले चैत ११ गते लकडाउन शुरु भएको भन्दा पछि म्याद सकिएका सबै आयोजनाहरुलाई ६ महिना ठेक्का समय थप गरेको छ । चैत ११ भन्दा अघि सम्झौता समय सकिएको तर, काम पूरा नभएका हकमा भने कुनै निर्णय भएको छैन ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *