दंगीशरणका १७ दलीत परिवारलाई घर : माननीय शाक्य द्धारा सिलान्यास

Blog Post Ad Blog Post Ad Blog Post Ad

दिप्तीशिखा चौधरी

दंगीशरण, १ श्रावण । प्रतिनिधि सभा सदस्य एंव नेकपा केन्द्रिय सदस्य माननिय सुजिता शाक्यले निम्न वर्गीय नागरीकको जिवन स्तर उकास्नका लागि सरकारले पहिलो प्राथमिक्तामा राखेको बताउनुभएको छ । दंगीशरण गाउापालिका वडा न. २ मा भएको जनता आवास सिलान्यास कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतीथी माननिय शाक्यले समाज रुपान्तरणका लागि निम्न वर्गिय नागरीक लाई सम्बोधन गर्दै गुणात्मक तरीकाले विभेदपूर्ण तरीकाले कार्यक्रम संचालन गर्नुपर्ने बताउनु भयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

जनता आवासको कार्यक्रमलाई देशका सबै ठाउँमा यो कार्यक्रम संचालनमा रहेको बताउँनु भयो । उहाँले भन्न्ुभयो – “कुनै पनि विकाशका योजनाहरु सिद्धान्तका आधारमा हुने भएकाले समाजवादि सिद्धान्त अनुशार सरकारले जनतामुखी कार्यक्रम देश भरी विस्तार गरेको छ । कोहि पनि नागरीक भोकै बस्न नपर्ने, अपहेलीत भएर बस्न नपर्ने, असमानमा बस्न नपर्ने लगाएतका ब्यवस्था गर्नका लागि सरकारले योजना बनाई कार्यक्रम गरे अनुरुप यो निम्न वर्गिय जनताको उत्थानका लागि , उनीहरुको जिवन स्तर मार्थी उठाउँनका लागि घोषणा पत्रमा उल्लेख गरे अनुरुप जनता आवास कार्यक्रमलाई निरन्तरता दिएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

समाजमा सबै भन्दा पछाडि परेका जाती र वर्गलाई अगाडि ल्याई समाजमा स्थापीत गर्नका लागि सरकारले कायक्रम ल्याईएको हो ।” यसका साथै माननिय शाक्यले सरकारले ल्याएको यो योजनालाई सफल पार्नका लागि पारदर्शी तरीकाले काम सम्पन्न गर्न आग्रह समेत गर्नुभयो । उहाँले समग्र रुपमा विकाश निर्माणको काम सम्पन्न गर्नका लागि पूर्ण रुपमा सदुपयोग गरि राम्रो जिवीकोपार्जनका लागि प्रक्रियामा गएर काम गर्नुपर्ने बताउँनुभयो । यस्तै प्रदेश न. ५ का सांसद विमला वलीले पश्चिम क्षेत्रको विकास तीन बर्षको अवधिमा धेरै भईसकेको भनदै विकाश निर्मााणको कार्यमा गर्व गर्नुवेला आएको उहाँले बताउँनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

 

सांसद वलीले स्व उत्तर वलीले ल्याएको योजना धेरै सफल भईसकेको भन्दै अवको दुई बर्षमा पश्चिम क्षेत्र सोचे भन्दा फरक हुने बताउानु भयो । उहाँले यो बर्षको बजेट पनि दुर्गम गाउँसम्म पुग्ने बाटो पक्की बनाउँनका लागि बजेट छुट्टीसकेको , त्यस्तै खानेपानी, लिफट सिचाई, कलङ्ग खोलामा पुल निर्माण , हाईड्याम्प निर्मााण्का लागि बजेट विनीयोजन भएको बताउानुभयो । सो अवसरमा सांसद धमकली चौधरीले निम्न वर्गमा पर्ने दलीत बस्तीमा यो कार्यक्रम संचालन गर्नका लागि दलीत बस्ती वडा न. २ मा रहेको भन्दै जनता आवास कार्यक्रमलाई दंगीशरणको २ न. वडामा योजना पारेको बताउँनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

 

सांसद चौधरीले मुख्यमन्त्री दाङकै भएकाले हामीलाई विकाश निर्माणको कार्यले फड्को मारीसकेको बताउानुभयो । बिकाश संगसगैँ महिलामैत्री कार्यक्रम पनि संचालन भईरहेको र प्रदेशबाट कार्यक्रम परिसकेको बताउँनुभयो । यस्तै दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले जनता आवास कार्यक्रम अरु ठाउा भन्दा फरक ढंगबाट कार्यक्रम अगाडि बढेको बताउँनुभयो । दंगीशरणको २ न. वडामा अती विपन्न दलीत परिवार भएकाले २ न. वडामा १७ वटा घर निर्माण गर्नका लागि कार्यक्रम संचालन भएको बताउँनुभयो । निम्न वर्गिय जनताहरुको उत्थानका लागि जनता आवास कार्यक्रमलाई निरन्तरा दिईरहने बताउँनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

 

अध्यक्ष चौधरीले विकाशका कार्यहरुमा दंगीशरणका धेरै बाटाहरु पक्की बनाउँने कार्य प्रक्रियामा गईसकेको बताउँनु भयो । यस्तै खरको छानो विस्थापन गर्नका लागि टिन खरीद भईसकेको र घरसम्म पु¥याउँन केहि समय लाग्ने बताउँनुभयो । दंगीशरणको शिक्षा, स्वास्थ्य,कृषि लगाएत सबै क्षेत्रको विकाश निर्माण कार्यक्रमलाई अगाडि बढाईसकेको बताउँनुभयो । दंगीशरण २ का १७ परिवारलाई घर दंगीशरण गाउँपालिकाले १७ जना निम्न वर्गिय दलीत परिवारका लागि जनता आवास कार्यक्रम अन्र्तगत घर निर्मााण गर्ने भएको छ । दंगीशरण गाउँपालिका वडा न. २ मा दलीत बस्ती धेरै भएकाले सोहि ठाउँमा जनता आवास कार्यक्रम संचालन गरेको हो ।

वडा न. २ को दलीत बस्तीमा १७ घरलाई प्रति घर ३ लाख ३६ हजार प्रदेश सरकारको र ८० हजार श्रमदान बाट घर निर्माण हुन लागेको हो । गत बर्ष जनता आवास कार्यक्रम अन्र्तगत वडा न. ६ मा १४ वटा घर निर्माण गरीएको थियो । दलीत वस्तीमा सरकारले १७ वटा घर निर्माण गर्न लागेको भन्दै दलीत बस्तीका नागरीकहरु खुसी भएका छन् । अव राम्रो घरमा बस्न पाउँने भईम भनदै रेनुका वि.क खुस िब्यक्त गर्नुभयो । हामीले ओत लाग्ने ठाउँ दिएको मा सरकारलाई धन्यवाद छ वि.क.ले भनिन् ।

बुधवार एक कार्यक्रमका बिच माननिय सुजिता शाक्यले जनता आवासका सिलान्यास गर्नुभएको हो । सिलान्यास कार्यक्रममा सांसद विमला वली, धमकली चौधरी, गाउँपालिकाका अध्यक्ष भागिराम चौधरी,नेकपा दाङका जिल्ला जिल्ला कार्यालय सदस्य हुकुम बस्नेत, दंगीशरण गाउँपालिका वडा न. १ का अध्यक्ष श्रीप्रशाद चौधरी, नेता एम.एन शाह, शुरेस रावत नेकपा दंगीशरण गाउँपालिका सदस्य डम्वर खत्री लगाएत स्थानीयहरुको उपस्थिती रहेको थियो । जनता आवास दंगीशरणका संयोजक शोभाराम नेपालीको अध्यक्षतामा कार्यक्रम भएको हो ।

दंगीशरणको रावतगाउँमा कल्भर्ट निर्माण हुदैँ । यसैबिच दंगीशरण गाउँपालिका वडा न. ३ रावत गाउँमा कोटिया गल्छिमा कल्भर्ट निर्माण कार्य सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले एक कार्यक्रमका बिच सो कल्भर्टको सिलान्यास गर्नुभएको छ । कल्भर्ट १३ लाखको लागतमा निर्माण हुन लागेको हो । कल्भर्ट नभएकाले लामो समय देखि कुलो बग्ने बाटोमा हिलाम्मे हुने र सिचाईका लागि पानी लग्न समस्या हुने र बाटो बिग्रने समस्या हुदै आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *