‘सडक बत्तिले झलमल्ल लमही’

Blog Post Ad Blog Post Ad Blog Post Ad

शिवु खनाल
देउखुरी, ३१ असार । पछिल्ला दिनहरुमा लमहीको बजार क्षेत्र राति पनि झलमल्ल हुने गरेका छन् । लमही बजार दिउँसो भन्दा रातिको दृश्य मनमोहक र झलमल्ल देख्न पाइन्छ । लमही नगरपालिकाले सडक बत्ती जडान कार्यक्रम ल्याएसँगै साँझको समयमा अन्धकार हुने लमहीका विभिन्न टोलहरु, चोकबजार लगाएत अन्य बस्ती अहिले झलमल्ल देखिन्छन् । सडक बत्ती जडान भएपछि रातको समयमा हुने आपराधिक क्रियाकलापमा पनि कमी आउने विश्वास गरिएको छ ।


उज्यालो लमही बनाउने चुवानी प्रतिवद्धतालाई पुरा गरेर लमही बजारलाई झिलिमिलि बजार बनाउन सफल भएको लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,–। ‘हामीले चुनावको बेला लमही बजार क्षेत्रलाई उज्यालो लमही बनाउने प्रतिवद्धता गरेका थियौँ जनतासंग । त्यो प्रतिवद्धता आज सफल भएको छ । उज्यालो लमही बनाउने चुवानी प्रतिवद्धतालाई पुरा गरेर लमही बजारलाई झिलिमिलि बजार बनाउन सफल भयाँै ।’

Blog Post Ad Blog Post Ad Blog Post Ad

‘जनताहरु पनि उतिकै उत्साहीत हुनुहुन्छ । यसको संरक्षणमा सबैले चासो राख्नुपर्छ ।’ लमही बजारका टोल तथा बस्तिहरूमा तीन सय ४४ वटा सडक बत्ती जडान गरिएको छ । लमही बजारमा सडक बत्तिको अभावले चोरिको महशुल भएको थियोे, अव त्यो समस्या अन्त्य हुने विश्वास भएको लमही नगरपालिका वडा नम्बर ५ निवासी सन्तोष खनालले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यता लमही नगरपालिका उप–प्रमुख देबका बेल्वासेले अनेत्र नपुगेको टोलमा पनि सडक बत्ती पु¥याउने प्रतिवद्वता जनाउनुभयो । उहाँले भन्नुभयो,–। ‘यो आर्थिक वर्षमा सडक बत्ती जडान गर्न छुटेका टोललाई आउने आर्थिक वर्षमा समेट्ने योजना रहेको छ ।’

लमही नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष बिमबहादुर केसीले हिजो अध्यारोमा हिड्दा धेरै समस्या थियोे, अहिले त्यो अन्त्य भएको छ । बजारमा बत्ति त बल्यो तर, यसको व्यवस्थापनमा ध्यान दिन आवश्यक रहेको विचार राख्नुभयो । उहाँले भन्नुभयो,–। ‘वडा सरकार पछिको जनतासंग नजिकै रहेर काम गर्ने सरकार भनेको टोल विकास संस्था हो । उक्त संस्थाको काधमा धेरै जिम्मेवारी थपिएको छ, अव सडक बत्तीको राम्रोसँग रेखदेख गर्न आग्रह गर्नुपर्छ ।’

Blog Post Ad Blog Post Ad Blog Post Ad

लमही बजार क्षेत्रमा सडक बत्ती जडान पश्चात् वृद्धवृद्धा, अशक्त, अपाङ्ग अध्यारोमा हिड्दा खेरि सुरक्षाको अनुभुती दिलाएको लमही नगरपालिका वडा नम्बर ५ गोरक्षटोल निवासी शेरसिङ् खड्काले खुसि व्यक्त गर्नुभयो । लमही बजार क्षेत्रमा सडक बत्ती जडानको काम लमही निवासी शसिरान नेपालीले गर्नु भएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *