चोरीको आरोपमा नारायणपुरका निउरे फरार

दाङ । नारायणपुर क्षेत्रमा टिप्पर र टे«क्टरका ब्याट्री हराउने क्रम बढेपछी प्रहरी चोर समात्ने अभियानमा थियो । यसै शीलशीलामा हापुरखोलास्थित शिवाज दाङ कंक्रिट उद्योगको टे«क्टरको हराएको ब्याट्री प्रहरीले फेला पारेको छ ।

Blog Post Ad

इप्रका नारायणपुरका प्रमुख सई भिमबहादुर सुनारका अनुसार एक ग्यारेजबाट बरामद भएको ट्रेक्टरको ब्याट्री ग्यारेज संचालकले सुशील निउरे र दिनेश खड्काको भएका बताएपछी निउरे र खड्कालाई प्रहरीले खोजीरहेको छ । ‘ब्याट्री चोरीमा सुशील निउरे र दिनेश खड्काको नाम आएको छ । उनीहरु फरार छन् ।‘ सई सुनारले भन्नुभयो,‘यदि उनीहरुको संलग्नता नभएको भए भाग्ने थिएनन् ।

Blog Post Ad

उनीहरु पक्राउ परेपछी ब्याट्री चोरहरुको संजालका बारेमा थप अनुसन्धान हुने प्रहरीले जनाएको छ । निउरे नारायणपुरस्थित एक जिम क्लवका प्रशिक्षक समेत हुन् । निउरेले भने आफू चोरीमा संलग्न नभएको प्रतिक्रिया दिएका दिएका छन् ।

‘ग्यारेजवालाले सस्तोमा ब्याट्री बेच्च भन्ने थाहा पाएर ल्याउन नभनेको थिँए ।’उनले भने,‘कम पावरको भएपछी फिर्ता पठाएको हुँ । म चोरीमा संलग्न छैन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *