माघि पर्वमा थारु अगुवाहरुको अभिमत

माघि स्तन्त्रताको पर्व हो

Blog Post Ad Blog Post Ad Blog Post Ad

 

अशोक थारु
थारु बुद्धिजिवि
पौष महिनाको अन्तिम दिन माघी पर्वको पहिलो दिन यस दिनमा सुंगुर मारेर मासु खाई पर्व मनाउने गर्दछन । गाउँका गरढु¥याहरु सुंगुर मारी मासु भागबण्डा गर्ने र अन्य सदस्यहरु नदि खोलामा माछा मार्न जाने । अरु घरमा ढिक्री बनाउन ब्यस्त हुने । ढिक्री धेरै प्रकारका भएपनि माघीमा लठ्ठी आकारको मात्र बनाउने गरिन्छ । सबैको घरघरमा मिठो मिठो परीकार पाकेको हुन्छ । जबजब साझँ पर्दै जान्छ घरका सबै सदस्य बैठक कोठा जम्मा हुन्छन् । र बरावर बाडेर खान्छन ।
यसरी रमाउदै खादैँ बर्षभरीको थकान मेटाउँदै एक आपसमा मेलमिलाप भाइचाराको भावना दर्शाउँछन् । जाडोको याम भएकाले प्रौढ तथा बुढापाकाहरु गोलबद्ध भई आगो ताप्दै थारु शास्त्रीय गीत गाउँन थाल्छन् । थारु लोक बिधानअनुसार यो गीत आज कै दिनदेखि गाउन शुरु गरिन्छ ।
माघ महिनाको पहिलो दिन अर्थात माघी पर्वको दोस्रो दिन खानपीन गर्दागर्दै ढुमरु गाउँँदा गाउँदै विहान हुन्छ । एउटा कुखुरा बोले पछि गाँउभरीका कुखुराहरु त्यसैगरी बास्न थाल्छन् । माघी पर्वको दोस्रो दिन यसरी सुरुहुन्छ ।
गाउँका सबैजना नजिकैकौ खोला, नदीमा नुहाउन जान्छन् । गाउँदै नुहाउछन ।
नुहाएर घर आएपछि छुट्टाछुट्टै ढकीमा राखिएको चामल, उर्दको दाल, नुन एकएक पसर निकालि छुट्टाछुट्टै टपरीमा राख्छन् । यसरी निकालिएको दाल, चामल चेलीवेटीलाई दिने गरिन्छ । त्यसपछि आफूभन्दा ठूला मान्यजनलाई ढोकभेट गर्छन् । त्यसपछि खाने कार्य सुुरु हुन्छ । खाईसकेर थारुहरु उमेरगतरुपमा आफनो समुह बनाई मघौटा नाच नाच्न शुरु गर्छन ।
माघ महिनाको दोस्रो दिन तर माघ पर्वको तेस्रो दिन घरघरका गरढु¥याहरु माटोको भाँडोमा जाँड रक्सी, बाँसको सानो छिट्नीमा तरकारी लिएर मटावाँको घरमा जम्मा हुन्छन् । गाउँको प्रमूख मटाँवा र गाउँलेहरुबीच बितेको बर्षको कार्य समिक्षा, भावी कार्य योजना, नयाँ कार्यको थालनी गर्ने लगायतका बिषयमा ब्यापक छलफल हुन्छ ।
माघ महिनाको तेस्रो दिन तर माघ पर्वको चौँथो दिन अर्थात अन्तिम दिनलाई महिलाहरुको माघी भनिन्छ । अरु समयमा कामबाट उन्मूक्ती नपाउने थारु महिलाहरु त्यस दिन पूर्णरुपमा स्वतन्त्र हुन्छन् । त्यसैले आफनो उमेरगत समूह बनाई महिला यूवतीहरु माघीमा जाँड पिएर स्वतन्त्रतापूर्वक हिड्ने र बोल्ने गर्छन् । थारु महिलाहरुले आजको दिनलाई स्वतन्त्रताको दिनकोरुपमा लिन्छन् । यसरी समूदायमा आपसी सदभाव बढाउनका लागि यो पर्वको महत्व छ ।
नेपाल बहुजातीय बहुसाँस्कृतिक देश हो । सबै जातजातिको आ–आफ्नो पर्व छन । सबैको चाडपर्वमा आ–आफ्नै महत्व छ । थारु समुदायको पनि विभिन्न चाडपर्व रहेकाछन । यी चाडपर्व मध्ये थारु समुदायको महान पर्व माघी हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad


सामजिक सास्कृतिक दृष्टिकोणले अत्यन्त महत्त्वपूर्ण छ

Blog Post Ad Blog Post Ad Blog Post Ad

 

केवि चौधरी
प्रध्यापक एवम पत्रकार

Blog Post Ad Blog Post Ad Blog Post Ad

सर्बप्रथम माघी 2075 को पावन अबसरमा सबै दाजुभाइ दिदिबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। यस पर्वले सबैमा सकारात्मक सोचको बिकास गर्न सकोस्। सामाजिक न्याय सहितको समृद्धिको बाटोमा लाग्ने प्रेरणा देवस।

बास्तबमा यो पर्व सामजिक सास्कृतिक दृष्टिकोणले अत्यन्त महत्त्वपूर्ण छ। यो चाडले हाम्रो बिचमा प्रेम, पारस्परिक सम्मान, भातृत्व, एकता, सकारात्मक उर्जा, आत्मबिश्वास आदिको बिकास गर्दछ। पबित्र मनले गाइने धुम्रु, समुहमा गरिने लहान, निस्राउ कहार्ने र दिदिबहिनी हरुलाइ दिइने निस्राउ पहुँरा, माघिदेवानी, उमंगका साथ नाचिने मघौटा नाच, नच्नौरी जस्ता औपचारिक रित अर्थात क्रियाकलापले माघको महत्वलाई उजागर् गर्दछ। गैजी, तरुल, ढिकरि, अनदिको झोल, सुगुरको मासुले थप रौनकता थपेको हुन्छ। नया कपड़ाको आफ्नै महत्व छ। अर्को महत्वोपुर्ण काम भनेको बर्ष भरिको कामको समिक्षा र नया योजना निर्माण गर्नुहो। त्यसोत यश पर्व लाई नया बर्षको रुपमा पनि मनाउने गरिन्छ । बास्तबमा माघले थारुहरुको सामग्र जीवन दर्शनको प्रतिनिधित्व गर्दछ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

 

माघिमा छोरीलाई दास बनाउने प्रथा निर्मुल हुनुपर्छ

Blog Post Ad Blog Post Ad Blog Post Ad

उर्मिला चौधरी
पुर्व कमलहरी

माघि हुन्थेन सायद त न म दासता हुन्थे न त आजको उर्मिला । यसैले पनि यो उत्सव । यो पर्वले मेरो जीवनमा गहिरो गरि अर्थ दिन्छ ।
जब माघ आउछ, मैले सम्झिने भन्दा पनि । स्पर्श गरिरहन्छु । जुन कालखण्डमा म बालक थिए । त्यसै बेलाको माघिमा म कम्लहरी बस्न पुगे । मेरो दासताको साह्रै दुख त कुरुप समय माघिमै सुरु भएको थियो । मैले अहिले बुझे म मात्र हैन् । म जस्ता हजारौ कम्लहरी यस्तै माघिमा कम्लहरी भएका थियौ । दासता बनिसकेका थियौ ।

कालखण्ड बदलियौ । अहिले त्यहि माघि आएको छ । आएको थियौ । जान्छ र गईसकेको पनि हो । तर म दासबाट मानिस भईसके । कम्लहरीबाट मानव बन्ने दुख गरिरहेको छु । यो सबै घटना माघिको परिपरि भईरहेको छ । यो उत्सव बारे धेरै बोल्न जरुरी केही छैन् मेरो । तर, यसै माघिले म जस्ता हजारौलाई कम्लहरी बनायो । र, दासता जस्तो कुरुप जीवनबाट समाजमा यसै माघिले ल्यईदियो । अहिले हामी बोल्न सक्ने भएका छौ । आफ्ना दुख, अनुभव वताउन सक्ने भईरहेका छौ । हामी स्वतन्त्र बाँच्न समाजमा निस्कीसकेका छौ । त्यसैले पनि यो अर्को माघिको आगमनमा कम्लहरी कसैलाई बस्न नपरोस । मुलुकमा दास कोही नहोस् । सबै स्वतन्त्र होउन् । हरेक समुदायका बालबालिका र सबै मानव जातिले मानिस भएर बाच्न पाउन् । माघिको शुभकामना ।

 

माघि सद्भावको पर्व हो, सभ्य तरिकाले मनाउनुपर्छ ।

 

शान्ता चौधरी
राष्ट्रियसभा सदस्य एवम नेकपा केन्द्रिय सदस्य

थारु समुदायले माघीलाई नया बर्षको रुपमा पनि मनाउने गर्दछन । यो पर्वमा बर्षभरिको कामको समीक्षा, आगामी वर्षको योजना बनाउने, गाउँको नयाँ नेतृत्व चयन गर्ने लगायत महत्वपूर्ण कामहरु गर्ने गरिन्छ । यति हुदाहुदै पनि यो पर्वमा केही विकृति बिसंगति पनि रहेका छन् । अब यो बर्षको माघीमा यस्ता खालको विकृति बिसंगतिलाई हटाउन जरुरी छ ।

त्यसैगरि सदियौ बर्ष देखि जमिन्दारको घरमा कमैया कमलरी पठाउने परम्परा पनि माघी पर्वमा छ । हुन त अब यो परम्परा निकै कम पनि भईसकेको छ । अहिले कमैया कम्लहरी पठाउने र राख्नेलाई नेपाल कानुनले रोकेको छ । बालबालिकालाई काममा लगाउनु कानुनी अपराध हो भनि उल्लेख गरिसकेको छ ।

अहिले नेपाललाई मुक्त कमलरी देश घोषना गरियता पनि अझ यसलाई व्यवहारीकमा ल्याउन सकिएको छैन । यसलाई व्यवहारिकमा ल्याउन जरुरी छ र माघी डेवानीमा सबै थारु अगुवा, महटावा, बुद्धिजीवी एव अभिभावकहरुले माघीलाई बिगत भन्दा अलि रुपान्तरण गर्न जरुरी छ । शिक्षा, स्वास्थ्य, रोजगारी तथा समग्र विकाससंग जोडेर माघी मनाउनु पर्दछ भन्ने मेरो धारणा हो । विशषगरी थारु समुदायमा माघिमा धेरै खर्च गर्ने, जाँड रक्सी खाने पर्वको रुपमा लिइन्छ तर अव यसलाई रोक्नु पर्छ । माघि सद्भावको पर्व हो । सभ्य तरिकाले मनाउनुपर्छ ।
अव थारुहरुले पनि शिक्षा, स्वास्थ्य रोजगार, आफै व्यवसायी बनेर आत्म निर्भर बन्ने तिर ध्यान दिनुपर्छ । थारुहरु धेरै परिश्रम गर्ने तर फल नपाउने भैरहेको छ । अव फल पाउने किसिमले काम गर्नुपर्छ । हक अधिकारको पक्षमा आवाज उठाउने तिर पनि समुदाय अग्रसर हुनुपर्छ ।
थारुहरु यहाँको भुमिपुत्र, मेहेनति, कर्ममा विश्वास गर्नेहरु हुन । उनीहरुको सम्मान हुनुपर्छ । थारुहरु पनि अव सचेत र शिक्षित हुने समय आएको छ । माघिमा छोरीहरुलाई कुन मालिकको घरमा पठाउने योजना गरिन्थ्यो अव छोरीहरुलाई कुन विद्यालय र कुन विषय पढाउने भन्ने विषयमा छलफल थालिनुपर्छ । घर परिवारले पनि माघिमा कसको घरमा कमैया बस्ने योजना बनाइन्थ्यो अव कुन पेसा र व्यवसाय गरेर जिविका चलाउने त्यस तर्फ परिवारमा आपासी छलफल हो । माघिको सबैलाई शुभकामना ।

 

माघीलाई समृद्धिसंग जोडेर मनाऔं

सन्तोष दहित
थारु पत्रकार संघ दाङ जिल्ला अध्यक्ष

राष्ट्रिय तथा अन्र्तराष्ट्रिय जगतमा नेपालका भुमिपुत्र थारु जातिहरुको आफ्नै छुट्टै पहिचान रहि आएको छ । आफ्नै मौलिक भेषभुषा, रहन–सहन, भाषा, कला, सस्कृति एवम जीवनशैलि अत्यन्त रोचक र फरक रहेको छ । अति सरल स्वाभाव, इमान्दारीता र एवम परिश्रमका पारखिका रुपमा पनि चिनिने थारु समुदाय प्रकृतिसंग अत्यन्त नजिक सम्वन्ध रहेको र समृद्ध संस्कृतिका धनी मानिन्छन । त्यसैले होला थारु समुदायले हरेक महिनामा कुनै न कुनै पर्व मनाउदै आइरहेका छन् । तथापि थारु समुदायको महान पर्व भनेको माघी पर्व हो ।
थारु समुदायले माघी पर्वलाई महान पर्वको रुपमा मात्र नभई यो पर्वलाई थारु समुदायले नयाँ वर्षको रुपमा पनि मनाउदै आएकाछन । निकैे धुमधामका साथ उल्लासमय वातावरणमा थारु समुदायले माघी पर्व मनाउदै आएका छन् । यो पर्वलाई करिव एक हप्तासम्म मनाउने गरिन्छ । वर्षको एक चोटी मनाउने थारु समुदायको अरु पर्व भन्दा फरक तरिकाले र निकै महत्वका साथ मनाउदै आएको पाइन्छ । हरेक वर्ष माघ महिनाको १ गते देखि अर्थात माघी सक्रान्तीको दिन देखि यो माघी पर्व थारु समुदायले माघी पर्व मनाउदै आइरहेका छन । निकै महत्वका साथ हेरिने यो पर्वमा थारु समुदायले आगामी वर्षभरिको नियम कानुन समेत वनाउने गरेका छन । त्यसैगरि गत वर्षमा के कति काम भयो त्यसको लेखा जोखा समेत माघीमा छलफल गर्दै आएका छन ।
अहिले यस पर्वमा प्रदेश सरकारले माघ १ गते र २ गते सार्वजनिक विदा पनि दिएको छ । लामो समय देखि माघ पर्वको लागि सार्वजनिक विदाको माग गर्दै आएको थारु समुदायको महान पर्वमा ढिलै भए पनि राज्यले सम्वोधन गरेको छ । अव यस पर्वलाई थारु समुदायले समृद्धिसंग जोडेर मनाउनुपर्छ । माघी पर्वलाई विकाससंग जोडेर मनाउन जरुरी छ । किनकी माघी आफैमा महत्व छ । यसलाई समृद्धिसंग जोडेर मनाउन सक्यो भने अझ यसको महत्व बढ्ने देखिन्छ । ।
माघ सङ्क्रान्तिबाट सुरु भएर महिनाभर एउटा महान चाडको रुपमा थारुहरुले मनाउने ठूलो पर्व हो । माघी पर्वलाई थारुहरुले सामाजीक सद्भाव,मेलमिलाप, मानमर्यादा, सेवा र सत्कारको पर्वको रुपमा पनि लिने गर्दछन् । केहि बर्ष पहिले थारु कमैया कम्लरीहरुको मुक्ती दिवशकोरुपमा पनि लिने गरिन्थ्यौँ । यो एक सामाजीक, सांस्कृतिक सदभाव बोकेको पर्व पनि हो ।

 

माघे संक्रान्ति सबै नेपालीहरुका लागि महत्वपुर्ण पर्व मानिन्छ

 

 

 

भुवन चौधरी
 थारु कल्याणकारीणीसभा दाङ जिल्ला अध्यक्ष

माघ पर्व माघ पर्व अर्थात माघे संक्रान्ति सबै नेपालीहरुका लागि महत्वपुर्ण पर्व मानिन्छ । माघ पर्व सबै नेपालीका लागि भएपनि विशेष गरी आदिवासी जनजाति र थारु समुदायका लागि विशेष महत्व र सबै भन्दा ठुलो पर्वको रुपमा लिने गरिन्छ ।

आफनो परम्परा र मौलिकताको रक्षा गर्दै परापुर्वकालदेखी थारु समुदायले माघ पर्वलाई मुख्य गरी नेपालको मौलिक संस्कृतिको विकासको लागि नाचगान र खानपिनलाई बढी महत्व दिदै धुमधामसंग मनाउने गरिन्छ । विभिन्न कला र संस्कृतिका धनी थारु समुदायका नयाँ पुस्ताले माघ पर्वलाई विशेष महत्वका साथ र बार्षिक उत्सवको रुपमा पनि मनाउदै आएका छन् ।

आफनो परम्परा अनुसार समाजमा सामुहिक रुपमा बसोवास गर्दै आएका थारु जाति आफनो भेषभुषा, संस्कृति परम्परा र रहनसहनमा रहेर यो माघ पर्व मान्ने गर्दछन् । यो समुदाय आफनो संस्कृति र रहनसहनको रक्षा गर्दै माघी पर्वलाई थप परिमार्जन गरेर समृद्धि र विकासकोे अभियानमा पनि लागि परेका छन् । थारु समुदायले माघीलाई विशेष महत्वका साथ खुसीयाली बाड्दै आफन्तजनको जमघटमा मिठामिठा परिकार बनाएर खाने साथसाथै आफु भन्दा ठुला संग आर्शिवाद लिने गदॐ साथै कला र संस्कृतिको पहिचान दिलाउँछन् ।

मेलमिलापको धारणा अनुसार सद्भाव कायम गर्दै थारु समुदायले पाँच दिन सम्म थारु मघौटा नाचगान सहित रमाइलो गरी माघी पर्व मनाउने प्रचलनलाई कायमै राखेका छन् । त्यसो त थारु समुदायले माघीपर्वलाई सामान्य र रमाइलोका लागि मात्रै मनाउदै आएका छैनन् । सामाजिक, सांस्कृतिक रुपमा समाजप्रति उत्तरदायी बनेर आफनो मौलिकताको चिनारी दिइरहेका छन्् । आर्थिक रुपले थारु समुदाय कमजोर भएपनि सहकारीताको भावना, इमान्दारीता र श्रमप्रति यो समुदायको विश्वास भने कायमै रहेको छ ।

थारु भाषा, संस्कृति पहिचानको रक्षा र विकासमा थारु समुदायको एैतिहासिकतावाट पाठ सिक्दै बचाउनका लािग पनि दृढता कायम गरेको छ । थारु समुदायको नयाँ बार्षिक उत्सव र माघी पर्वलाई आफनै गणप्रथा भित्रको नयाँ बार्षिक उत्सवको रुपमा पनि मनाउने गरेका छन् । थारु समुदायले माघी पर्वलाई बार्षिक उत्सवको रुपमा मात्र नभई यसलाई राष्ट्रिय महत्वको चाडका रुपमा मान्दै आएका छन् । थारु समुदायले समान्ता र लोकतान्त्रिक पद्धति अनुसार आगामी एक वर्षका लािग गाउँगाउँमा बडघरिया – गाउँको मटावा) गाउँको मुली चुन्ने राजनैतिक परम्परा यथावतै देखिन्छ ।

थारु समुदायले अगुवा, पुजारी, हुलाकी चुन्ने प्रक्रिया लोकतान्त्रिक विधि मार्फत चुन्ने क्रम इतिहासकाल देखी नै अपनाउदै आउनुले राजनैतिक महत्व(ॐ पनि कायम राखेका छन् । सरकारको आर्थिक बर्ष असार सम्म हुन्छ भने थारु समुदायको माघ महिना सम्म हुन्छ । थारु समुदायको संस्कार संस्कृति लोकतान्त्रिक विधि र कार्यपालिका आफनै किसिमको रहेको छ । थारु समुदायले माघमा एक बष भरि काम गरने योजना पनि बनाउछन । तयस कारणले पनि माघ चाड महतवपुण छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *