बुटवल, दाङ र बाँकेमा क्वारेण्टाइन

दाङ, चैत्र ३ । प्रदेश नम्बर ५ का तीन जिल्लामा क्वारेण्टाइन राखिने भएको छ । बुटवलको बुटवल धागो कारखाना, दाङको बेलझुण्डीमा रहेको आर्यूवेद अस्पताल र बाँकेको खजुरामा रहेको कपास निगमको भवनलाई क्वारेण्टाइनको रुपमा तयार गरिने भएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगको सहकार्यमा ती स्थानमा कोरोना भाइरस जोखिम न्यूनिकरणका लागि क्वारेण्टाइन क्षेत्र बनाउन थालिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

क्वारेन्टाइनमा ४ सयदेखि ५ सय जनालाई राख्न सकिने छ । प्रदेश ५ का सरकारी र निजी अस्पतालमा ८९ वटा आइसोलेशन बेड तयारी अवस्थामा राखिएको छ।सम्बन्धित अस्पतालमा कोरोना भाइरसको उपचार गर्न र त्यस सम्बन्धी प्रवन्ध मिलाउन फोकल पर्सन पनि तोकिएका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

प्रदेश ५ का ३ जना प्राविधिकलाई विशेष तालिम दिएर प्रयोगशाला सञ्चालनमा ल्याइएको स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले बताउनु भयो ।प्रदेश ५ मा १३ वटा सरकारी अस्पताल र चार वटा मेडिकल कलेज रहेका छन् । प्रदेश नम्बर ५ मा भारतसँग सीमा जोडिएका नाकाहरुमार्फत आवतजावत गर्नेहरुलाई हेल्थ डेस्कमा राखेर परीक्षण गर्न सुरु गरिएको छ ।

स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक आवतजावत गर्ने रुपन्देहीको बेलहिया नाकामा पनि हेल्थ डेस्क राखेर स्वास्थ्य परीक्षण गर्ने कार्य भइरहेको स्वास्थ्य निर्देशनालयको भनाइ छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर बिनोद गिरीले अहिलेसम्म प्रदेश ५ मा २ वटा केस शंकास्पद देखेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएकोमध्ये १ जनामा नेगेटिभ देखिएको र अर्को एक जनाको रिर्पोट आउन बाँकी रहेको बताउनु भयो ।

उहाँले क्वारेण्टाइन र आइसोलेशन भन्ने शब्दावलीलाई आतंकित पार्ने सूचनाको रुपमा प्रवाह नगर्न र आवश्यक सूचना तोकिएको व्यक्तिमार्फत मात्रै लिन आग्रह गर्नुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *