दाङ, ३ चैत | कतारपछि साउदी अरेबिया सरकारले नयाँसहित नेपालमा बिदामा आउने र बिदा मनाएर फर्कने नेपालीलाई रोक लगाएको छ । साउदी अरब सरकारले २ हप्ताका लागि आवतजावतमा रोक लगाएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।
श्रम गन्तव्यमा कोरोना संक्रमण बढ्दै गएपछि बिदामा आइ भिसाको म्याद सकिन लागेका नेपाली गन्तव्य मुलुक फर्कन नपाएर रोजगारी नै गुम्ने अवस्थामा पुगेको छन । यसैगरी बिदामा आएकाहरूले पनि श्रम स्वीकृति नवीकरण गर्न सकेका छैनन् । यसैगरी वैदेशिक रोजगार व्यवसायीले यो समयमा ल्याएका रोजगार भिसाको म्याद समाप्त हुने अवस्थामा रहेको वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजीत श्रेष्ठले बताउनुभयो ।
उहाँका अनुसार श्रम गन्तव्यमा लामो समयसम्म कोरोनाको संक्रमण रहे ३५ हजार भिसोको म्याद सकिने छ । श्रम गन्तव्यबाट नयाँबाहेक नै दैनिक ५ सय नेपाली बिदामा आउने र सोही संख्यामा बिदा मनाए फर्कर्ने नेपालीमा प्रत्यक्ष प्रभाव परेको छ ।
साउदीस्थित नेपाली दूतावासले सूचना सार्वजनिक गरेर कोरोना भाइरस संक्रमितहरूको संख्या साउदी अरबमा पनि दिनानुदिन बढ्दै गइरहेको सन्दर्भमा साउदी सरकारले आइतबारबाट हवाई सेवा स्थगन गरेको जनाएको छ । कोरोनाका कारण नेपालका श्रम गन्तव्य सीमित हुँदै छन् ।