राप्ती गाउँपालिका फागुन १३ गते सडक मानवमुक्त घोषणा हुँदै

ओमप्रकाश गुप्ता

Blog Post Ad Blog Post Ad Blog Post Ad

सिसहनियाँ, ८ फागुन । दाङको राप्ती गाउँपालिकालाई यहि फागुन १३ गते सडक मानवमुक्त गाउँपालिका घोषणा गरिने भएको छ । राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा बुधबार गाउँपालिकामा भएको तयारी बैठकले सो घोषणा मिति तय गरेको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

राप्ती गाउँपालिकालाई सडक मानव मुक्त गाउँपालिका घोषणाका लागि पिपरीमा रहेको निलसागर असाहाय,अशक्त जेष्ठ नागरिक सेवा केन्द्रको समन्वयमा सडक मानव मुक्त गाउँपालिका घोषणा गर्ने कार्यक्रमको तयारीका लागि शिक्षा अधिकृत विश्वास विकलाई जिम्मेवारी समेत प्रदान गरेको छ ।

कार्यक्रम तयारी बैठकमा राप्ती गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजालले घोषणा कार्यक्रमलाई सहभागीता मुलक बनाउने बताएका छन् । गाउँपालिकामा दुख पाएर, मानसीक रुपमा कमजोर भएर सडकमा बस्नुपर्ने अवस्थाको अन्त्य गर्ने उदेश्यका साथ सडक मानव मुक्त गाउँपालिका घोषणा गर्ने कार्यक्रम गर्न थालिएको प्रवक्ता विद्याशरण चौधरीले जानकारी दिएका छन्।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *