एक्सपोका नाममा रकम असुल्दै प्रदेश सरकार

बेलझुण्डी, ८ फागुन | आगामी फागुन १० देखि १२ सम्म दाङको बेलुझुण्डीमा संचालन हुन लागेको प्रदेश एक्सपो व्यापारिक महोत्सव जस्तै हुन थालेको छ । स्थानीय स्तरका उत्पादन र प्रदेश सरकारले गरेका कामहरुको जानकारी दिने उद्देश्यले संचालन हुन थालेको एक्सपोमा स्टलका नाममा रकम असुल्न थालिएपछि आर्थिक कारोकार गर्ने महोत्सवजस्तै हुन थालेको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

निशुल्क रुपमा पाउने स्टललाई शुल्क लाग्न थालेपछि एक्सपो व्यापारिक महोत्सव जस्तै हुन थालेको व्यवसायीहरुले बताउँछन् । प्रदेश सरकारले प्रदेश एक्सपोका नाममा व्यापारिक महोत्सव संचालन गर्न थालेको तुलसीपुरका होटल व्यवसायी ताराप्रसाद डाँगीले बताए । ‘एक्सपोमा निशुल्क स्टल हुने भनिएको थियो, पछिल्लो समयमा आएर रकम असुल्न थालिएछ’ उनले भने–‘त्यो रकम कहाँ जाने हो, सरकारले पनि महोत्सव संचालन गर्न थालेछ कि क्या ।’

Blog Post Ad Blog Post Ad Blog Post Ad

सरकारले प्रदेश एक्सपोको नाम दिएर व्यापारिक महोत्सव संचालन गर्न लागेको तुलसीपुरका अर्का व्यवसायी हिरासिंह बुढाले आरोप लगाए । ‘ व्यापारिक महोत्सव भन्दा पनि झनै महंगो भाडा लिन थालिएको रहेछ ’ उनले भने–‘आफै व्यापारिक महोत्सव संचालन गरेर आर्थिक समृद्धि हासिल गर्न थालेछ सरकार ।’

प्रदेश सरकारले स्टलका नाममा १५ लाख बजेट व्यवस्थापन गरेको छ तर एक्सपोमा एउटा स्टलको ३ हजारदेखि ७ हजारसम्म असुल्न थालिएको छ । एक्सपोमा एउटा स्टललाई ३ हजारदेखि ७ हजारसम्म लिने गरेको स्टल व्यवस्थापन समितिका संयोजक हेमराज बन्जाडेले बताए । ‘स्टलमा संकलन गरेको रकम स्टल व्यवस्थापनमै खर्च हुन्छ, सरकार अर्थात व्यक्तिले लैजाने होइन्’ उनले भने–‘स्टल व्यवस्थापनमा सरकारले रकम छुट्याएको छ, छैन्, हामीलाई थाहा छैन्, हामी सरकारका मान्छे पनि परिनौँ ।’

Blog Post Ad Blog Post Ad Blog Post Ad

प्रदेश सरकारले स्टलमा बजेट व्यवस्थापनका लागि १५ लाख बजेट व्यवस्थापन गरेको प्रदेश सरकारका कर्मचारी हरिहर पोखरेलले बताए । ‘स्टल, खानेपानी व्यवस्थापन, सुरक्षा, प्रचारप्रसारका लागि प्रदेश सरकारले करिब ५० लाख बजेट व्यवस्थापन गरेको छ’ उनले भने–‘स्टलमा पनि सकेसम्म रकम नलिने भन्ने थियो तर पछिल्लो समय खर्च व्यवस्थापन गर्न नसकिने भएका कारण केहि शुल्क लिन लागेका हौँ ।’

प्रदेश सरकारले प्रदेशका १०९ वटै स्थानीय तहमा देखिएका संभावना, कृषिक्षेत्रको प्रवद्र्धन ,स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने र प्रदेश सरकारका काम, कर्तव्य र अधिकारका बारेमा जानकारी दिने उद्देश्यका साथ प्रदेश एक्सपो संचालन गर्न लागेको उनले बताए । ‘प्रदेशमा अहिले उत्पादन भइरहेका स्थानीय सामाग्रि र आगामी दिनमा आर्थिक विकासका लागि देखिएका संभावनाको खोजि गरिनेछ’ उनले भने–‘ हामी सबैसंग समन्वय र सहकार्यका माध्यमबाट एक्सपोलाई उपलब्धिमूलक बनाउने सोच गरेका छौँ ।’

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *