पितृसत्ता सोचले महिलाका अधिकार ओझेलमा : सुष्मा गिरी

दिप्तीशिखा चौधरी,

Blog Post Ad Blog Post Ad Blog Post Ad

दंगीशरण, ७ फाल्गुन | महिला मानव अधिकारकर्मी सुष्मा गिरीले पितृ सत्ता र सोचका कारणले महिलाका अधिकार अ‍ोझेलमा परेको बताउनु भएको छ। समाज, धर्म, सस्ंकृतीलाई परिवर्तन गर्न नसकेका कारण पित्रृसत्ताले जरो गाडेको गिरीले बताउनु भयो । दंगीशरण गाउापालिकामा भएको महिलाहरुका लागि लैंगिक सचेतना तथा कानुनी जागरण तालीममा प्रशिक्षण दिदै गिरीले यस्तो बताउनु भएको हो । त्रुटिपूर्ण सामाजिक मुल्य मान्यताका समाज समतामुलक हुन सकेको छैन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

अव महिलाहरु पनि महिलाका हक अधिकार सम्बन्धि संविधानले निर्माण गरेका कानुन वमोजिम लड्न सके यसलाई निरुपण गर्न, सवभेदपूर्ण परिस्थीतीलाई हल गर्न सहयोग पुग्ने बताउनु भयो । तालिममा अधिकारकर्मी गिरीले पितृसत्ता भनेको के हो ?,लैंगीक समता, लैँगीक समानता, महिलाको हक मातेत्व र प्रजनन सम्बन्धि धारा ३८ मा उल्लेख भएका कानुन ,महिलावादि सिद्धान्त लगाएतका बारेमा जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यस्तै दुई दिन सम्म चलेको तालिममा गाउँपालिकाका कार्यक्रम अधिकृत किरण पोख्रेलले लौगीक हिंसाको अवधारणा, नेपालमा लौगीक सवालहरुको समबोधनको अवस्था, लंँगीक विभेदका कारणहरु, समानताको हक, लैंगीक हिंसा चक्र, हिंसालाई सस्ंथागत गर्ने लक्ष्यहरु लगाएतका विषयमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा सहभागि महिला गोमा वस्नेतले घरमा महिला पुरुषमा अझै विभेद रहेको भन्दै समाको विभेद हट्न समस्या भएको बताउनु भयो ।

यस्तै सहभागि नारायणि देवकाटाले उत्पीडनमा परेका महिलाहरु धेरै भएकाले लैंगीक समानता हुन नसकेको बताईन् । तालीम समापन कार्यक्रममा दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले गाउँपालिका अव देखि मानविय सुधार कार्यक्रम तर्फ जाने कुरा बताए । सडक, खानेपनी जस्ता भौतीक पूर्वाधारको कार्यले गती लिएको भन्दै अव गाउँपालिकाका हरेक वर्ग शिक्षीत हुनुपर्ने बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

गलत सोच र प्रवृतीलाई अन्त्य गर्दै सकारात्मक सोच हरेक मानीसमा सिर्जना भएमा लैंगीक समानता र पितृ सत्ताका मुद्धाहरु हटेर जाने बताए । यस्तै उपाध्यक्ष पिमा कुमारी खड्काले लैंगीक समानता ल्याउँन घरबाटै यसको समस्या समाधान गर्नुपर्ने बताईन् । छोरा र छोरीमा गर्ने ब्यवहारमा परिवर्तन ल्याए यो समस्याको अन्त्य हुने ठोकुवा गर्नु भयो ।

तालीममा दंगीशरण गाउँपालिकाका सात वटै वडाका गरि ४० जना महिलाहरुको सहभागिता रहेको थियो । कार्यक्रमको शहजीकरण महिला बालबालीका तथा समाज कल्याण ईकाईकि चन्द्रा वलीले गर्नु भएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *