माघीको अवसरमा विद्यार्थीले गरे रक्तदान


दाङ, पुस २७ । देशभर तामझामका साथ माघी मनाइरहँदा दाङका विद्यार्थीहरुले फरक तरिकाले माघी मनाएका छन् । जिल्लाको घोराहीमा रहेको भि.एन. कलेजका विद्यार्थीहरुले रक्तदान गरेर माघी पर्व मनाएका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad


जिल्लामा रगतको अभाव भएको खवर सार्वजनिक भएपछि विद्यार्थीहरुले रक्तसञ्चार केन्द्र घोराहीमा पुगेर रक्तदान गरेका छन् । यसै वर्षदेखि वि.एड. संकायको पठनपाठन सञ्चालन गरेको कलेजका विद्यार्थीहरुले तडकभडकका साथ माघी मनाउनुभन्दा रगतको अभावमा छटपटाइरहेका बिरामीहरुलाई नयाँ जीवन दिने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरेको विद्यार्थी–प्राध्यापक समन्यय समितिका अध्यक्ष वविता पाण्डेले जानकारी दिनुभयो ।


‘रगतको अभावमा जिल्लाका बिरामीहरुको उपचारमा समस्या भइरहेको जानकारी पाएपछि हामीले रक्तदान कार्यक्रमको आयोजना गरेका छौं’, अध्यक्ष पाण्डेले भन्नुभयो, ‘आगामी दिनमा पनि यस्तै खालको अभियान सञ्चालन गर्नेछौं ।’

Blog Post Ad Blog Post Ad Blog Post Ad


रक्तदान कार्यक्रममा विद्यार्थीहरु सावित्रा घर्तीमगर, सुस्मा पुन, भगवति नेपाली, सुनिता चौधरी, टेककुमारी डाँगी, युवा थापा मगरले रक्तदान गर्नुभएको थियो । विद्यार्थीहरुको उदारहणीय कार्य देखेर समाचार संकलनमा पुग्नुभएका गणतन्त्र दैनिकका कार्यकारी सम्पादक नविन अभिलाषी र कलेजका प्राध्यापक टीकाबहादुर बस्नेतले समेत रक्तदान गर्नुभएको थियो ।


यसैबीच समन्वय समितिले माघीको शुभकामना आदान–प्रदान समेत गरेको छ । समितिका अध्यक्ष वविता पाण्डेको अध्यक्षता एवं कलेज प्रमुख शरदकुमार आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्राध्यापक बसन्त खनाल, टीकाबहादुर बस्नेत, मोहनकुमार अधिकारीलगायतले बोल्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *