न्यानो कपडाले ज्येष्ठ नागरिक उत्साहित


तुलसीपुर, पुस २७ । तुलसीपुर उपमहानगरपालिकाले ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्ने अभियानलाई निरन्तरता दिएको छ । उपमहानगरपालिकाले ज्येष्ठ नागरिकलाई सम्मान स्वरुप गत आर्थिक वर्षबाट नै न्यानो कपडा वितरण कार्यक्रम आरम्भ गरेको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १५ मा न्यानो कपडा वितरण गर्दै सांसद विष्णु शर्माले ज्येष्ठ नागरिकको सम्मानका लागि उपमहानगरपालिकाले ल्याएको कार्यक्रमको प्रशंसा गरिन् । तुलसीपुर उपमहानगरपालिकाकी उपप्रमुख माया आचार्यले जनताको सुखदुखमा आफुहरु सधै साथमा रहेको वताइन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

‘हामीले सबै खाले जनताको अनुहारमा खुसी ल्याउन खोजिरहेका छौ ’ उपप्रमुख आचार्यले भनिन् । वडाध्यक्ष लक्ष्मण चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपामा नेता मनोहर वुढाथोकी, कार्यपालिका सदस्य अमर नेपाली माइकल लगायतको सहभागिता रहेको थियो ।
यसैगरी वडा नम्वर १८ मा पनि ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

दलितको हकमा ८० वर्ष पुरा भएको र अन्यको हकमा ८४ वर्ष पुरा भएकालाई न्यानो कपडा वितरण गरिएको थियो । वडाध्यक्ष माधव वलीका अनुसार ३२ जना ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको थियो ।

वडाध्यक्ष वलीले अन्य बाँकी रहेको ज्येष्ठ नागरिकहरुलाई घरमै गएर न्यानो कपडा वितरण गरिने पनि जानकारी दिए । कपडा वितरण कार्यक्रमको सहजिकरण वडा सचिव निर्मल रेग्मीले गरेका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *