ड्वाङपुरका अलौकीक सम्पदाहरुले सबैको ध्यान खिच्दै

दाङ, १८ माघ | तुलसीपुर उपमहानगरपालिका १४ स्थित ड्वाङपुरमा फेला परेका अलौकीक सम्पदाहरुले सबैको ध्यान खिच्दै लगेको छ । आजभन्दा २ सय वर्ष पुराना मानिने हात्तीढुंगा, जन्ती ढुंगा र राजा महेन्द्रको स्वागतका लागी निर्माण गरिएको बाघढुंगा हेर्न दिनहुँ सयौं मानिसहरु पुग्ने गरेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

चुरे पर्वत श्रृङ्खलामा रहेका बहुमूल्य अलौकीक सम्पदा संरक्षण गर्दै आएका स्थानीय अगुवाहरु अचेल सम्पदाहरुलाई पर्यटकीय आकर्षणको केन्द्र बनाउने अभियानमा जुटेका छन् । आजभन्दा करिव २ सय वर्ष पुरानो मानिने हात्तीढुंगालाई स्थानीयहरुले शक्तिको स्वरुपमा रुपमा लिने गरेका छन् । करिव १० टन तौलको ढुंगा २५ फिट अग्लो माटोको ढिस्कोमा अडिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

२ सय वर्ष पहिलेदेखि यस्तै अवस्थामा रहेको उक्त सम्पदालाई स्थानीयहरुले हात्तीढुंगा भनि नामाकरण गरी प्रचार प्रसार सुरु गरेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *