घोराही महोत्सबमा दर्शकको साथ धेरै

घोराही, १६ माघ | दाङको घोराहीमा जारी महोत्सबमा अहिलेसम्मकै बढी दर्शकहरुको सहभागीता रहेको छ । दाङ चेम्बर अफ कमर्सको आयोजनामा जारी महोत्सबमा आजसम्मकै बढी दर्शकको सहभागीता रहेको अध्यक्ष श्रीधर महराले जानकारी दिनुभएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

माघ १० गतेदेखि सुरु भएको महोत्सबमा छैठौँ दिन धेरै दर्शक सहभागी भएको आयोजक दाङ चेम्बर अफ कमर्सले जनाएको छ । आज महोत्सबमा लोक दोहरी गायक बद्री पंगेनी, मोडल अञ्जली अधिकारीले मनोरञ्जन प्रदान गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

माघ २२ गतेसम्म सञ्चालन हुने महोत्सबमा विभिन्न ब्यापारिक स्टल राखिएका छन् । फेन्सी, कृषि, अल्लो तथा स्वदेशी तथा बिदेशी सामानहरु महोत्सबमा राखिएका स्टलमा राखिएका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *