मैत्रिपूर्ण क्रिकेटको उपाधी उद्योग बाणिज्य संघको टिमलाई

देउखुरी, ११ माघ । लमहीमा शनिबार भएको मैत्रिपूर्ण क्रिकेट प्रतियोगीताको उपाधी देउखुरी उद्योगब बाणिज्य संघको टिमले हात पारेको छ । उद्योग बाणिज्य संघको आयोजना र एनआईसी एशीया बैंकको सह प्रायोजनमा भएको बाणिज्य संघ र बैंकर्स विचको मैत्रिपूर्ण क्रिकेटको उपाधी उद्योग बाणिज्य संघको टिमले हात पारेको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

लमहीको क्रिकेट मैदानमा भएको खेलमा पाँच विकेटले उद्योग बाणिज्य संघको टिम विजयी भयो । १६ ओभरको समाप्तीमा अलआउट हुदै बैंकर्सको टिमले ६१ रन बनायो । बैंकर्सका सरोज बस्नेतले १३, सागर थापा र हरी चन्दले समान ७÷७ रनको योग्दान दिनुभयो । उद्योग व्यवासीको टिमका चार ओभरमा तीन विकेट लिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उद्योग बाणिज्य संघको टिमले १३ ओभर ३ बलमा पाँच विकेटले खेल जीतेको हो । राजन शाहीले १६, आशेष न्यौपानेले १३ र शिसिर खड्काले ११ रन लिनुभयो । बैंकर्षका हरीष चन्दले २ विकेट लिनुभयो । खेलमा म्यान अफ द म्याच उद्योग बाणिज्य टिमका कुमार ओली हुनुभयो । देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष रत्नप्रसाद श्रेष्ठको अध्यक्षता तथा लमही नगरपालिका वडा नं. ७ का अध्यक्ष मोहन गिरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सहजीकरण उद्योग बाणिज्य संघका महासचिव कमलजंग सिंह ठकुरीले गर्नु भएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *