‘म मरेपछी यो भाषा पनि मर्छ । बचाउनुपर्छ भन्नेर खुबै लाग्नुभयो’ कुसुण्डा भाषाका अनुसन्धानकर्ता उदय आलेले भन्नुभयो–‘उहाँको दुःखद निधन भयो । अव यो भाषालाई बचाउन झनै समस्या पर्ने छ । उहाँको निधनले कुसुण्डाको पहिचानमा अपूर्णीय क्षती पुग्यो ।’ उहाँकै आधारमा भाषा आयोगले बिशेष कक्षा समेत चलाउन सहयोग ग¥यो ।
लोपन्मुख कुसुण्डा भाषाको संरक्षणमा ज्ञानीमैया कुसुण्डाको ठूलो योग्दान छ । सरकारले उहाँलाई प्रमुख भाषा स्रोत व्यक्ती मानेर नयाँ पुस्तामा भाषा हस्तान्तरण गर्ने कार्यक्रम सञ्चालन गरेको थियो । यो संगै भाषा आयोगले ज्ञानीमैया कुसुण्डालाई भाषिक वृद्धि दिदै आएको थियो । मासिक तीन हजार रुपैयाँ उपलब्ध गराउदै आएको थियो ।
बाल्यकालको जीवन जंगलमा बिताएकी ज्ञानीमैयाले आमाबुवाबाट सिकेको कुसुण्डा भाषालाई अहिलेसम्म बचाएर राख्नुभयो । कुसुण्डा जातिको जंगली जीवनको समाप्तिसँगै भाषा संस्कृति पनि संकटमा परेको छ । अब कुसुण्डा भाषा बोल्न जान्ने उहाँकी बहिनी नाता पर्ने कमला कुसुण्डा मात्रै जीवित हुनुहुन्छ । ज्ञानीमैया र कमला भेट हुदा कुसुण्डा भाषामा दोहोरो कुराकानी गर्नुहुन्थ्यो । अव कमलासंग दोहोरो कुराकानी गर्ने व्यक्ति छैन् ।
लोपोन्मुख कुसुण्डा भाषा पूर्ण रूपमा जान्ने व्यक्ति देशभर जम्मा दुई जना मात्रै थिए । अव कमला मात्रै पूर्ण वक्ताको रुपमा हुनुहुन्छ । दाङमा कुसुण्डा जातीको संख्या ७५ रहेको छ । देशभर एक सय ७४ जना रहेको कुसुण्डा विकास समाजले जनाएको छ ।