दङ्गीशरणमा माघी महोत्सव २०७५ को तयारी तिव्र

दिप्तीशिखा चौधरी,

Blog Post Ad Blog Post Ad Blog Post Ad

 

दङ्गीशरण,२५ “थारु सस्ंकृती भेषभूषा हमार पहिचान,दङ्गीशरण गाउँपालिका हमार शान” भन्ने मूल नाराका साथ दङ्गीशरण गाउँपालिकामा हुन गईरहेको माघी महोत्सव २०७५ को तयारी अन्तीम चरणमा पुगेको छ । थारु समुदायको बाहुल्यता रहेको दङ्गीशरणमा थारु लोककला,लोकसस्ंकृतीको जगेर्ना गर्ने उद्धेश्यले यहि पौष २७ र २८ गते महोत्सव हुन लागेको हो । महोत्सव सफल पार्नका लागि छलफल तथा प्रचारप्रसारलाई तीव्र पारिएको महोत्सव मूल आयोजक समितीका संयोजक श्री प्रशाद चौधरीले जानकारी दिनुभएको छ । महोत्सवमा बिभीन्न थारु नाच सख्या नाच,मघौटा नाच,छोक्रा नाच,हुर्डुङ्ग्या नाच,महेट्या नाच,सजना,मागर,ढुमरु,रामबेहग्रा,मैना,वनगिढुवा र मुरुवा नाच प्रश्तुत गरीने मूल आयोजक समितीले जनाएको छ । साथै महोत्सवमा थारु लोककला भित्र पर्ने सामग्रीलाई प्रदर्शनीमा राखिने छ । यसैबिच थारु नाच प्रश्ततु गर्न चाहनेहरुले यहि पौस २६ गते सम्म नाम दर्ता गराउँन आग्रह गरिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *