प्रदेश सांसदको ८६, स्थानीय तहको दुई सय १७ मत खस्यो

घोराही, ९ माघ | प्रदेश नम्बर ५ मा राष्ट्रियसभा सदस्य पदका लागि भएको निर्बाचनमा दुई मतदाता सहभागी भएनन् । बाँकी तीन सय ३ जनाले मतदान गरेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

प्रदेशसभा सदस्य तर्फबाट एक जना र स्थानीय तहका तर्फबाट एक जना मतदाता सहभागी नभएका हुन् । बिपक्षी दलका नेता प्रदेश सांसद बलदेब शर्मा पोखरेलको निधन भएका कारण मत परेन भने बाँकेको नरैनापुर गाउँपालिकाका उपाध्यक्ष जयन्तीदेबी श्रीबास्तव बिरामी कारण मतदान गर्न सहभागी हुन नसक्नुभएको हो ।

उपाध्यक्ष श्रीबास्तव बिरामी भएर भारतको लखनउमा उपचार गरेर घरमै आराम गरीरहनुभएको छ । प्रदेशका ८६ जना प्रदेश सांसदले मतदान गरेका छन् भने स्थानीय तहका प्रमुख एवं उपप्रमुख दुई १७ जनाले मतदान गरेका हुन् । बिहान १० बजेदेखि सुरु भएको मतदान कार्य करिब पौने ३ बजे सकिएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *