सांसद दीपक मनाङे पक्राउ

Blog Post Ad Blog Post Ad Blog Post Ad

९, माघ|सत्तारुढ नेकपाका प्रदेश सांसद राजीव गुरुङ ‘दीपक मनाङे’ पक्राउ परेका छन् । गण्डकी प्रदेशका प्रदेशसभा सांसद मनाङे बिहीबार दिउँसो पोखराको लेकसाइडको होटलबाट पक्राउ परेका हुन् । जाहेरी परेपछि उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पक्राउ गरेको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) कास्की अध्यक्ष मिलन गुरुङको जाहेरीका आधारमा सांसद मनाङेलाई पक्राउ गरेको प्रहरीको भनाइ छ ।

अध्यक्ष गुरुङलाई दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रशासन कार्यालय कास्कीले सांसद मनाङेविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।मंगलबार पोखरामा मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटन समारोहमा एन्फा कास्की अध्यक्ष गुरुङलाई सांसद मनाङेले झापड हानेका थिए।

Blog Post Ad Blog Post Ad Blog Post Ad

त्यसपछि बुधबार गुरुङले सांसद मनाङेविरुद्ध जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक अपराधअन्तर्गत जाहेरी दिएका थिए। मनाङ ‘ख’बाट स्वतन्त्र उम्मेदवारबाट निर्वाचित भएका मनाङे केही महिना अघि नेकपामा प्रवेश गरेका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *