दाङमा ससुराले गरे आफ्नै बुहारीको हत्या

Blog Post Ad Blog Post Ad Blog Post Ad

शिवु खनाल

देउखुरी माघ ९ | दाङको गढवामा ससुराले बुहारी माथि धारिलो हतियार प्रहार गरि उपचारको क्रममा मृत्युु भएको छ । बुधवार राति पाैने ८ बजे गढवा गाउँपालिका वडा नम्बर ४ रामनगर निवासी ६५ वर्षिय कुलमान जाेगी कुवरले आफ्नी कान्छि बुहारी वर्ष २७ कि बसन्ती कुवर माथि धारिलो हतियार प्रहार गरि उपचारको क्रममा काेहलपुर मेडिकल कलेजमा मृत्यु भएको ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक भरतसिंह राठाेडले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

प्रहरीका अनुसार बुहारी कवरकाे हातकाे नारि, पेट र खुट्टामा धारिलो हतियार प्रहार गरिएको छ । बुधवार रात पाैने ८ बजे नातिकाे विवादले कान्छी बुहारीलाई धारिलो हतियार प्रहार गरिएकाे प्रहरी निरिक्षक राठाेडले जानकारी दिनुभयो । श्रीमान् संजय कुवर घरमा रहेको कुखुरालाई दाना हाल्न बाहिर गएकाे बेला घटना घटेको प्रहरीले जानाएकाे छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कुलमानकाे श्रीमतीको मृत्यु पश्चात् घरमा रहेका दुईवटी जेठि र कान्छी बुहारीलाई सताउदै आएकाे स्थानियहरू बताउछन् । मृतक कुवरकाे ८ वर्षिय साेनिका कुवर छाेरी रहेकी छिन् । लाेकमन जाेगि कुवरलाइ प्रहरीले नियन्त्रणमा राखेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *