घोराही र तुलसीपुरमा भोलि एक साथ महोत्सव

दाङ, ९ पुस | दाङको घोराही र तुलसीपुरमा माघ १० गते एक साथै महोत्सव सञ्चालन हुने भएका छन् । घोराहीमा चेम्बर अफ कमर्श दाङ र तुलसीपुरमा तुलसीपुर उद्योग बाणिज्य संघको आयोजनामा औद्योगिक महोत्सब सञ्चालन हुने भएका हुन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

दुबै सस्थाले पर्यटन भ्रमण बर्षलाई लक्षित गरेर महोत्सब सञ्चालन गर्ने जनाएका छन् । महोत्सब मार्फत् पर्यटन प्रबद्र्धन गरेर व्यापारिक एवं कृषि औद्योगिक महोत्सवको आयोजना गरेको जनाएका हुन् ।

घोराहीमा लाग्ने महोत्सबमा २ सय ३० वटा बिभिन्न व्यापारिक एवं सेवामूलक स्टलहरु निर्माण भएका छन् भने तुलसीपुरमा चार सय बढी स्टल निर्माण भएका छन् । दुबै महोत्सबको पर्यटन मन्त्री योगेश भट्टराईले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *