१० वर्षमा साढे सात हजारको विदेशमा मृत्यु

दाङ, ९ माघ | सरकारी तथ्यांकअनुसार बितेको दश वर्षमा ७ हजार ३८४ जनाको विदेशमा मृत्युभएको छ । अवैध बाटो भएर विदेश पुगेका र श्रम स्वीकृति नवीकरण नगरी बसेकामध्ये कतिले उतै ज्यान गुमाए भन्ने विवरण यो तथ्यांकले समेटेको छैन ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

नेपालबाट काम खोज्दै ३८ लाख ५८ हजार ४६५ जना नेपाली युवा विदेसिएको सरकारी तथ्यांक छ । औसतमा दैनिक दुई जनाको शब नेपाल आउने गरेको छ । विदेशमा गम्भीर प्रकृतिको बिरामी, घाइते र अंगभंग भएर फर्किने नेपाली युवाको संख्या शब भएर आउनेको भन्दा बढी छ ।

वितेको बर्षमा आठ सयभन्दा बढी नेपाली कामदारको बिदेशमै मृत्युभएको छ । वैदेशिक रोजगारीमा जानेको मृत्यु हुँदा क्षतिपूर्ति दिलाउने वैदेशिक रोजगार बोर्डको सचिवालयले एक वर्षका बीचमा ७५३ जना मृतक कामदारका परिवारलाई क्षतिपूर्ति दिलाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सरकारले गत वर्ष आगामी पाँच वर्षभित्र बाध्यात्मक अवस्थामा काम खोज्दै विदेश जानुपर्ने अवस्था हटाउने घोषणा गरेको थियो । त्यसका लागि ठोस योजना भने ल्याएको छैन ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *