माघीलाई सद्भावको पर्वका रुपमा मनाउनुपर्छ–न्यौपाने

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, पुस २२ । घोराही उपमहानगरपालिकाका कार्यवाहक प्रमुख सीता सिग्देल न्यौपानेले माघीलाई सद्भावको पर्वका रुपमा मनाउनुपर्ने बताउनुभएको छ । घोराही उपमहानगरपालिका वडानम्वर–१६ ले बुधबार आयोजना गरेको माघी मिलन कार्यक्रमलाई सम्बोधन गर्दै न्यौपानेले यस्तो बताउनुभएको हो ।


माघी थारु र मगर समुदायको मात्रै नभई सम्पूर्ण नेपालीहरुको पर्व भएको भन्दै न्यौपानेले सबैले यसलाई जातीय र सांस्कृतिक सहिष्णुता फैलाउने पर्वमा रुपमा माघीलाई लिनुपर्ने बताउनुभयो । दाङ थारु जातिको आदीभूमि भएको भन्दै न्यौपानेले थारु जातिहरुप्रति सम्मान प्रकट गर्न घोराही उपमहानगरपालिकाले थारु भाषालाई कामकाजी भाषा बनाएको बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad


कार्यक्रममा विशिष्ट अतिथिको आसनबाट बोल्दै नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले नेपाली संस्कतिलाई विश्वमाझ चिनाउन थारु संस्कृतिले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै यसको रक्षा गर्न सबै लाग्नुपर्ने बताउनुभयो । पछिल्लो समय पश्चिमा संस्कृतिले नेपाली संस्कृतिमाथि आक्रमण गर्दै गएको भन्दै प्रियासनले स्वदेशी संस्कृति बचाउन सबै लाग्नुपर्ने बताउनुभयो ।


लामो समयसम्म अन्याय, अत्याचार र थिचोमिचोमा परेको थारु समुदायहरु आफ्नो पहिचानको रक्षाका लागि एक हुनुपर्ने प्रियासनको भनाइ थियो । कार्यवाहक वडाध्यक्ष जगतबहादुर श्रेष्ठको अध्यक्षतामा भएको माघी मिलन कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका डिएस्पी रामप्रसाद घर्ती, वडाध्यक्ष स्वर्गीय लछिनप्रसाद बुढामगरका भाइ इश्वर बुढामगर, भानसिंह बुढामगर, वडा नागरिक मञ्चका अध्यक्ष तुलसा केसीदे, उमन दमाई, रोबरबहादुर बस्नेतलगायतले बोल्नुभएको थियो । वडासचिव नारायणप्रसाद शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन लोक गायक गजेन्द्र बहकरीले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उक्त अवसरमा आयोजित टोलस्तरिय थारु नृत्य प्रतियोगीतामा प्रगतिशील टोल विकास संस्था मघै प्रथम, रातामाटा टोल विकास संस्था द्वितीय र गरुवागाउँ टोल विकास संस्था तृतीय भएका थिए । नृत्य प्रतियोगीतामा प्रथम टोललाई ५ हजार, द्वितीय हुने टोलविकास संस्थालाई ३ हजार र तृतीय हुने टोलविकास संस्थालाई २ हजार नगत र प्रमाणपत्र प्रदान गरिएको थियो ।

वडाका १२ वडा टोल विकास संस्थाको सहभागीता रहेको नृत्य प्रतियोगीताको निर्णायकमा शान्ता चौधरी, पृथ्वी चौधरी र टेमन बुढा रहनुभएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *