घोराहीका सडक पेटीका सामान हटाउन सुरु

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, ७ माघ | दाङको घोराहीमा बजारमा सडक पेटीसम्म सामान राखेर ब्यापार ब्यबसाय गर्नेहरुको सामान हटाउन सुरु गरिएको छ । नगर प्रहरी, वडा प्रहरी कार्यालय र ट्राफिक प्रहरीको सहयोगमा सडक पटी तथा नाला मिचेर ब्यबसाय गर्ने ब्यबसायिकहरुको समान हटाउन सुरु गरिएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

घोराही बजारको मुख्य सडक तुलसीपुर चोकदेखि ट्राफिक चोकसम्म समान हटाइएको हो । सडक तथा नालासमेत मिचेर समान राख्दा बजारको सौन्दर्यता नदेखिएको भन्दै सामान हटाउन अभियान सुरु गरिएको हो ।

समान हटाउने कार्य बजारका अन्य क्षेत्रमा पनि हुने घोराही उपमहानगरपालिकाले जनाएको छ । सडक पेटी तथा नालासम्म सामान राख्दा सडकमा यात्रा गर्ने बटुवालाई समेत समस्या हुन थालेपछि यस्तो अभियान सुरु गरिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सडक पेटीसम्म हुने फुटपात ब्यापार, अव्यबस्थित पार्किङलाई नियन्त्रण गरेर बजारलाई शोभनिय बनाउनका लागि यस्तो अभियान सुरु भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रेमप्रसाद रेग्मीको नेतृत्वमा यस्तो कार्यको सुरुवात गरिएको हो ।

अब्यबस्थित समान राख्दा र पार्किङ गर्दा सडक दुर्घटना बढेको भन्दै सामान हटाउन सुरु गरिएको छ । साथै आगामी दिनमा सामान राखिएको पाइएमा कारबाही गर्ने समेत चेतवानी दिइएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *