विद्यालय र स्वास्थ्य संस्थालाइ डष्टविन हस्तान्तरण

Blog Post Ad Blog Post Ad Blog Post Ad

शिवु खनाल
देउखुरी माघ ७ | लमही खानेपानी उपभोक्त तथा सरसफाइ संस्थाले नगर क्षेत्रका स्थानिय विद्यालय तथा स्वास्थ्य संस्थालाई फोहर व्यवस्थापन गर्नको लागि डष्टविन हस्तान्त्रण गरिएको छ । मंगलवार एक कार्यक्रमको आयोजना गरि लमहीका तीनवटा बैंकहरुद्धारा सौजन्य गरिएको डष्टविन विद्यालय र स्वास्थ्य संस्थाहरुलाइ हस्तान्तरण गरिएको हो ।


लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष दण्डीराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा नयाँ युगबोध राष्ट्रिय दैनिकका पत्रकार राधेश्याम गुप्ता लगायतले कार्यक्रममा वोल्नु भएको थियो । लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले देउखुरी वहुमुखी क्याम्पस लमही, आदर्श मा.वि.देउपुर, वालजनता मा.वि.वनगाउ, लगायत नौ वटा विद्यालय र लमही अस्पताल, सेमरहवा र मध्यनगर स्थित नगर स्वास्थ्य चौकीलाइ ४÷४वटा डष्टविन हस्तान्तरण गरिएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad


लमही वजार जनप्रतिनिधी विहीन रहेको वेला लमही वजारको सडकमा फोहर थुपार्ने गरिन्थ्यो वजार जनप्रतिनिधीको नेतृत्व भएपछि फोहर हस्तान्तरण गर्ने सिस्टम वन्यो र वजार सफा देखियो । अहिले अस्पताल र विद्यालय सफा रहोस भन्ने उद्देश्यले डष्टविनहरु वितरण गरिएको संस्थाका अध्यक्ष दण्डी राम चौधरीले वताउनु भएको छ ।

यसरी हस्तान्तरण गरिएको डष्टविन लमही स्थित कृषि किास बैंक, सिभिल बैंक र माछापुछ्रे बैंकले विभिन्न चरणमा उक्त डष्टविन लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थालाई सौजन्य गरेको थियो । संस्थाका उपाध्यक्ष लिला शाहको स्वागत मन्तब्यबाट शूरु भएको कार्यक्रमको सहजिकरण संस्थाका सचिव सनमकुमार पौडेलले गर्नु भएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

बैंकले लमही बजारको सुन्दरतालाई कायम राख्न तथा फोहोरलाइ जथाभावि नफाली डस्टविनमा व्यस्थापन गर्नुपर्छ भन्ने जनचेतना जगाउने उद्देश्यले डस्टविनहरु सहयोग गरेको माछापुछ्रे बैंक लमही शाखा कार्यालयका प्रमुख मधुसुधन श्रेष्ठले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *