डोजरको ठक्करबाट दाङमा एक पैदल यात्रीको मृत्यु

दाङ, २ माघ । डोजरको ठक्करबाट पश्चिम दाङमा एक वृद्धको मृत्यु भएको छ । पश्चिम दाङको पेदीखोलाबाट शान्तीनगर तर्फ आउदै गरेको रा १ क ३१५ नम्वरको डोजरले गएराती साढे नौ बजे हारीचार भन्ने स्थानमा ठक्कर दिदा शान्तीनगर गाउपालिका वडा नम्वर १ हारीचार बस्ने ६६ वर्षिय लाल बहादुर थापाको घटना स्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

डोजरको ठक्करबाट थापाकाे टोउको र दाहिने हातमा गम्भिर चोट लागेको अस्पतालको भनाइ छ । मृतकको शवलाई पोष्टमार्टमका लागी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखीएको छ । ठक्कर दिने चालक र डोजरलाई प्रहरीले नियन्त्रणमा लिईसकेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *