थारु र मगरका संस्कृती पर्यटनको आधार हुन : चौधरी

Blog Post Ad Blog Post Ad Blog Post Ad

घोराही, १ माघ | घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले माघी र माघे संक्रान्ति पर्वको अबसरमा सुभकामना दिनुभएको छ । विषेश गरी थारुहरुको माघी र मगरहरुको माघे संक्रान्ति पर्वको अबसरमा नगर प्रमुख चौधरीले सबैलाई सुख, शान्ति, संबृद्धी र सुस्वास्थ्यको कामना गर्दै सुभकामना दिनुभएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यस्ता पर्वहरुले आत्मीयता, मेलमिलाप, कला संस्कृतीको संरक्षणमा ठूलो योगदान पुग्ने भन्दै सबैलाई खुसीयालिका साथ हर्षउल्लाषका साथ पर्व मनाउन आग्रह गर्नुभएको छ । नगरले थारु भाषालाई कामकाजीको भाषा बनाएको उल्लेख गर्दै चालु आर्थिक बर्षमा पठनपाठनका लागि पाठ्यपुस्तक तयार पार्ने काम समेत भैरहेको बताउनुभएको छ ।

घोराही क्षेत्रमा थारु र मगरहरुको अधिक बसोबास रहेको उल्लेख गर्दै उहाँले यी समुदायका कला संस्कृती पर्यटनको आधार भएको समेत बताउनुभएको छ । पर्वहरुलाई खानपान र खर्चमा मात्रै केन्द्रित नगरी अब सृजनात्मक ढंगले मनाउन समेत नगर प्रमुख चौधरीले सुझाब दिनुभएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *