प्रदेश पाँचका ५ स्थानमा उद्योगग्राम हुदै

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, २९ पुस | घरेलु तथा साना उद्योगमा लगानी आकर्षित गरी उत्पादन बृद्धि र रोजगारी सिर्जना गर्ने उद्देश्यले प्रदेश ५ का पाँच नगरपालिकासहित देशका ३२ पालिकामा औद्योगिक ग्राम बनाउने सम्झौता भएको छ । प्रदेश ५ का तिलोत्तमा, सैनामैना, सुनवल, तानसेन र रामपुर नगरपालिकामा औद्योगिक ग्राम बन्ने भएका हुन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सम्झौता अनुसार संघीय सरकारले औद्योगिक ग्राम बनाउने पालिकाहरुलाई ९२ लाख रुपैयाँका दरले अनुदान दिएको छ । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय र सम्बन्धित पालिकाहरुबीच समझदारी पत्रमा हस्ताक्षर र चेक हस्तान्तरण भएको हो ।

समझदारी पत्र अनुसार पालिकाहरुले आफ्नै स्रोतबाट १५ दिनभित्र औद्योगिक ग्रामका लागि बिस्तृत परियोजना प्रतिबेदन अध्ययन कार्य सुरु गरी तीन महिनाभित्र सोको स्वीकृत प्रतिवेदन मन्त्रालयमा बुझाई सक्नुपर्ने छ । पालिकाका प्रमुख प्रशासीय अधिकृतहरु औद्योगीक ग्रामको फोकलपर्सन तोकिएका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *