नगर प्रमुख केसीद्धारा माघी पर्वको शुभकामना

Blog Post Ad Blog Post Ad Blog Post Ad

देउखुरी पुस, २९ | लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले मकर संक्रान्ति तथा माघी पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।


नेपालमा हरेक जातजाति र क्षेत्रमा मनाइने चाडपर्वको आ–आफ्नै राष्ट्रिय महत्व रहेको भन्दै यसले नेपाललाई विश्वसामु चिनाउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ । माघी पर्वले नेपालका विभिन्न जातजाति बीच एकआपसमा भाइचाराको सम्बन्ध बढाई राष्ट्रिय एकता सुदृढ बनाउन मद्दत गर्ने नगर प्रमुख केसीले विश्वास व्यक्त गर्नु भएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

माघी पर्व एक महत्वपूर्ण चाडका रुपमा रहेको मकर संक्रान्ति र माघी पर्वले सबै नेपालीमा नयाँ उमङ्गसहित हर्षोल्लास र शान्तिको सन्देश फैलाइ सबै नेपालीबीचको एकता, सद्भाव, मित्रता, राख्नसकोस् भन्ने कामना व्यक्त गर्नुभएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *