ड्रिम पार्क : आन्तरिक पर्यटनको नयाँ गन्तब्य

 

Blog Post Ad Blog Post Ad Blog Post Ad

नविन अभिलाशी

Blog Post Ad Blog Post Ad Blog Post Ad

पछिल्लो समय सामाजिक सञ्जालमा हवाई जहाज अगाडी खिचिएका तस्वीरहरु प्रसस्त मात्रामा देख्न पाईन्छ । जहाजमा चढ्दै गरेका, झर्दै गरेका, लव जोनमा बसेका तस्वीरहरुले सामाजिक सञ्जालको बजार पिटेको छ । घोराही उपमहानगरपालिका वडा नं. १७ बेलभारमा रहेको पार्क अहिले नजिकको घुमघाम गर्ने गन्तब्य बनेको छ । घोराही लमही सडक खण्डमा रहेको बेलभारमा निर्माणाधिन पार्कमा पुगेर त्यहाँ रहेको हवाई जहाजमा फोटो खिच्ने, टिकटक बनाउने युवाहरुको लागि राम्रो आकर्षणको केन्द्र बन्न पुगेको छ ।


ढुण्डी ड्रिम पार्क प्राली मार्फत सञ्चालनमा रहेको पार्कको नाम पनि आफैमा रोचक छ । ढुण्डीराज उपाध्याय श्रीधरकुमारको बाजेको नाम हो । र ड्रिमको नेपाली अर्थ हुन्छ सपना । सपना श्रीधरकुमारको छोरीको नाम छोरीको नाम हो । ‘बाबुबाजे देखि छोरीसम्को पुस्तालाई समेट्ने गरेर हामीले नाम राखेका छौँ, यसबाट पुर्खाको पनि सम्मान हुन्छ, नाम रहोस् भन्ने चाहना हो ।’ घिमिरेले भन्नुभयो, ‘यो हाम्रो सुरुवात हो ।’ धेरै थाहा नभएको सो ड्रिम पार्कमा जाने मानिसहरुको संख्या भने कम छैन ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

अहिले दैनिक एक सय भन्दा बढि मानिसहरु ड्रिम पार्कमा पुग्ने गरेका छन् । जिग्रिएको हवाई जहाज राखेर निर्माण गरिएको पार्कमा अन्य मनोरञ्जन र अवलोकन गर्न सकिने संरचनाहरु समेत निर्माण भैरहेका छन् । निर्माणको क्रम जारी रहेको पार्क सञ्चालक श्रीधरकुमार घिमिरेले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

दशैको रमझम घरगाउँमा सकिएपनि घुम्ने, नयाँ नौलो अनुभव गर्नेहरुको लागि दशै सकिएको छैन । घोराही उपमहानगरपालिका वडा नं. १७ बेलभारमा रहेको ड्रिमपार्क घर नजिकैको उपयुक्त गन्तब्य बन्न थालेको छ । झण्डै २ करोड व्यक्तिगत लगानीमा खोलिएको ड्रिम पार्कमा घुम्ने मात्र हैन, सेल्फी खिच्ने र टिकटक भिडियो बनाउनेहरुको घुइँचो लाग्ने गरेको छ । यति एयरलाइन्सको ३४ सिटे एसएएवी–३४० ‘वि’ प्लेनले पार्कको मुख्य आकर्षण थपिएको अबलोकनकर्ताहरुले बताउछन् ।

पुतलीको पंखा जोडेर तस्बिर लिने, भिडियो बनाउने, लभ गार्डेनमा पनि युवायुवतीको आकर्षण रहेको सञ्चालक घिमिरेले बताउनुभयो । गत पुस ५ गते प्लेन झारिएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

बिग्रेको प्लेन झरेपछि चर्चामा आएको भएपनि पार्क निर्माणमा केहि समय लाग्यो । अहिले असोज १ गतेबाट अवलोकनको लागि खुलाइएको बताउदै घिमिरेले यसले पर्यटन वर्षलाई सहयोग पुग्ने विस्वास लिएको बताउनुभयो । तीन करोड भन्दा बढिको लागतमा निर्माण थालिएको पार्कमा हवाई जहाजलाई केन्द्रमा राखेर निर्माण थालिएको छ । ‘अहिले पनि धेरै मानिसहरुले हवाई जहाज चढ्न, नजिकबाट देख्न पाएका छैनन् ।’ सञ्चालक घिमिरेले भन्नुभयो, ‘यो जहाज विग्रीएको त हो, तर हामीले हवाई जहाज चढ्दा प्राप्त गर्ने सम्पूर्ण अनुभव दिने योजना बनाउँदै छौँ, त्यसको लागि काम भैरहेको छ ।’

हवाई जहाजमा बोडिङ पास, एयर होस्टेज, साउण्ड सिस्टम मार्फत जहाज भित्र पालना गर्नुपर्ने सम्पुर्ण नियमको पालना गर्ने गराउने व्यवस्था मिलाईने भएको छ । त्यसबाट साच्चिकै हवाई जहाज चढ्नका लागि कुनै समस्या नहुनका लागि अभ्यास समेत हुने सञ्चालक घिमिरेको भनाई छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

‘हवाई जहाज हेर्नका लागि धेरै मानिसहरु आउने गरेका छन्, युवा, बालबालिकाहरुको लागि नजिकको पर्यटकीय स्थलको रुपमा विकास गर्न पाउँदा हामीलाई पनि उत्साहित बनाएको छ ।’ घिमिरेले भन्नुभयो, ‘हवाई जहाज मात्र नभएर हामीले अन्य संरचनाहरु समेत बनाउन खोजेको छौँ ।’ असोजदेखि अहिलेसम्म ६ लाख रुपैया संकलन भएको बजेटबाटै पार्क निर्माणका लागि थप काम गरिरहेको बताउनुभयो ।

पार्कमा एडभेञ्चर जोनको निर्माण गर्न थालिएको छ । करिव ९० मिटर लम्बाईको सुपरम्यान, रोप राईडहरु भारतबाट ल्याउन थालिएको बताउनुभयो । घिमिरेले पार्क भित्र कृतिम हिमाल, कृतिम चिडियाखाना र जिट फ्लाई निर्माण हुने क्रममा रहेको बताउनुभयो । अहिले व्यक्तिगत दुई विगाहा बढि क्षेत्रफलमा निर्माण सुरू गरिएको यो पार्कलाई विस्तार गर्दै ५ विगाह क्षेत्रफलमा पु¥याउने योजना रहेको सुनाउनुभयो ।

अहिलेसम्म २५ प्रतिशत काम मात्र सकिएको भन्दै घिमिरेले बाँकी कामहरु अगाडी बढेको जानकारी दिनुभयो । पार्क स्थलमा केहि समयपछि फ्रि वाईफाईको व्यवस्था मिलाउने तयारीमा रहेको समेत बताउनुभयो ।

५ वर्ष अस्थायी र ३७ वर्ष स्थायी शिक्षकको रुपमा काम गरेर रिटायर्ड हुनु भएका घिमिरेले आफु सेवा प्रवेश गरेको प्रावि हरिद्धार र सेवा निवृत भएको प्रावि कर्जाहीका शिक्षक विद्यार्थीहरुलाई निशुल्क रुपमा अवलोकन गराउने उदेश्य रहेको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *