दाङमा ८२ वटा खानेपानी आयोजना अलपत्र

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, २६ पुस | सरकारले समयमा बजेट उपलब्ध नगराउँदा दाङमा ८२ वटा खानेपानी आयोजना अलपत्र परेका छन् । सं‍घीय सरकारको ससर्त अनुदानका खानेपानी आयोजनामा पर्याप्त बजेट नहुँदा निर्माणमा ढिलाइ भएको हो । समयमा बजेट प्राप्त नहुँदा उपभोक्ता स्वच्छ खानेपानी पाउनबाट वञ्चित भएका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

खानेपानी सरसफाइ तथा डिभिजन कार्यालय दाङका प्रमुख गुणनिधि पोखरेलका अनुसार आर्थिक वर्ष ०७२÷७३ देखि सुरु भएको खानेपानी योजना अझै पूरा हुन सकेको छैन । तुलसीपुर उपमहानगरपालिका–२ को पवननगरमा रहेको छोटे खानेपानी आयोजना ०७२÷७३ देखि सुरु भएको खानेपानी योजना अझै पूरा हुन सकेको छैन ।

दुई करोड ६० लाखभन्दा बढी लागत अनुमानित योजनाको अहिलेसम्म आधा पनि काम हुन सकेको छैन । सरकारले यो खानेपानी योजनाका लागि आवश्यक बजेट विनियोजन गर्न नसक्दा अहिलेसम्म एउटा मात्र ‘स्किम’ पूरा भएको छ । अर्को स्किम पूरा गर्न एक करोड ३० लाखभन्दा बढी बजेट आवश्यक पर्ने भए पनि सरकारले यो वर्ष एक लाख रुपैयाँ मात्र विनियोजन गरेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उच्च प्रविधियुक्त आयोजनामै सरकारले पर्याप्त बजेट विनियोजन नगर्दा खानेपानी आयोजना निर्माणमा समस्या देखिएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङका अनुसार जिल्लामा तराई–मधेस खानेपानी सुधार कार्यक्रमअन्तर्गत ५६ वटा खानेपानी आयोजना र उच्च प्रविधियुक्त केन्द्रीय खानेपानी कार्यक्रमअन्तर्गत २६ आयोजना निर्माणको चरणमा छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *