दंगीशरणमा दुई दिने माघी मेला, सांसद वलीद्धारा उद्घाटन

Blog Post Ad Blog Post Ad Blog Post Ad

दिप्तीशिखा चौधरी

दंगीशरण, २६ पुस | दंगीशरण माघि म्यालम जाई ,हेरैटि गैलक थारु लोक सस्ंकृती बचाई भन्ने मुल नाराका साथ आजदेखि दंगीशरणमा माघि मेला २०७६ शुरु भएको छ । दंगीशरण गाउँपालिकाको आयोजनामा सुरु गरिएको मेलाको भव्य रुपमा उद्घाटन गरिएको थियो । प्रदेश न. ५ का सांसद विमला वलीले गर्नुभएको थियो । सांसद वलीले माघी मेलाको उद्घाटन थारु संस्कार अनुशार दाल, चामल ,नुन ढकियाबाट तीन पटक टपरीमा राखेर माघि मेला कार्यक्रमको उद्घाटन गरेकि हुन ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

माघि मेला कार्यक्रमको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सांसद वलीले नमुना दंगीशरण को रुपमा चिनाउनक लागि आफुले सधैँ साथ र सहयोग गर्ने बताईन् । “ स्व उत्तर वलीले दंगीशरणका थारु समुदायको उत्थानका लागि थारु कल्चरल भिलेज स्थापना गर्ने जुन योजना ल्याउँनुभएको थियो दंगीशरणलाई नमुना गाउँपालिकाको रुपमा चिनाउँने जुन सपना थियोे अव त्यो बाकि रहेको काम मैले सफल पार्नेछु । ” सांसद वलीले भनीन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

साथै अवको मुख्य समस्या भनेको भौतीक पूर्वाधारहरु हो मैले त्यसैलाई प्राथमिक्तामा राखेको बताईन् । साथै दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले थारु सस्ंकृती जगेर्ना गर्नका लागि थारु भाषा बचाउन र प्रयोगमा ल्याउनुपर्ने आवशयक रहेको बताए । यस्तै उपाध्यक्ष पिमा कुमारी खड्काले भनीन – “ थारु जातीको बस्तीमा आफुलाई बस्न दिएको यहि थारु जाती हो, थारु जाती मात्र रहेको यो ठाउँमा थारु पुर्खाहरुले भूमि ्दान गरी अन्य जातीलाई दंगालीको रुपमा चिनाउने ग¥यो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

म थारु पूर्खाहरुलाई सम्झीन चाहन्छु , सम्मान गर्न चाहन्छु ।” उद्घाटन शत्र कार्यक्रममा आज पहिलो दिन विभीन्न थारु जातीको १० वटा मौलीक लोककला, थारु नाच प्रश्तुत गरिएको थियो ।

दंगीशरणका ७ वटै वडाको डाडांचिस, मधरीयागाउँ, थपगाउँ, सिम्ठाना, चखौरा, खलुवा चिस,गोलटाकुरी लगाएतका गाउँको थारु मघौटा, हुर्डुंग्या, छोक्रा लगाएतका नाच प्रश्तुत गरिएको भने जमान चौधरी, धनीराम चौधरी, जगतराम चौधरी, सुर्यवास चौधरी, मोहन कुमार चौधरी, ओलम्पीक चौधरी लगाएतले मागर, ढुम्रु गित, सजना जस्ता पुराना थारु गित प्रश्तुत गरेका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

आज पनि थारु लाके कलाकारहरुले दर्जनाँै पुराना थारु लोकनाच , गित प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *