मुक्त कमलरीहरुको समस्यामा जिम्मेवार छौ : मन्त्री चौधरी

Blog Post Ad Blog Post Ad Blog Post Ad

घोराही, २५ पुस | प्रदेश नम्बर ५ का भौतिक योजना तथा पूर्बाधार मन्त्री बैजनाथ चौधरीले मुक्त कमलरीको समस्या समाधानमा आफुहरु प्रतिबद्ध रहेको बताउनुभएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

मुक्ति पछि पनि समस्या समाधानमा सरकारले काम गर्न नसकेको स्विकार गर्दै आगामी दिनमा योजना बद्ध ढंगले काम गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।

माघ साँस्कृतीक महोत्सवको आज घोराहीमा उद्घाटन गर्दै मन्त्री चौधरीले मुक्त कमलरीको उत्थानको काम केन्द्र सरकारले गरे पनि अब प्रदेश सरकारले समेत योजना बनाएर काम गर्ने बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कमलरी मुक्तिका बेला भएका सहमतीहरु कार्वान्वयन नभएको गुनासो व्यापक रहेको उल्लेख गर्दै उहाँले प्रदेश ५ मा रहेका मुक्त कमलरीको तथ्यांक संकलन र व्यवस्थापनमा प्रदेश सरकारले काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

प्रदेश सरकारका प्रबक्ता समेत रहनुभएका चौधरीले पछाडी परेका बर्ग समुदायको उत्थानका लागि सामाजिक न्याय सहितको संबृद्धी ल्याउन मुख्य मन्त्री ग्रामिण विकास कार्यक्रम लागु गरेको जानकारी दिनुभयो । माघी पर्वलाई संस्कार संस्कृती सँग जोड्दै मनाउने शैलीलाई रुपान्तरण गर्दैै संबृद्धी सँग जोड्न समेत अपिल गर्नुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कार्यक्रममा प्रतिनिधीसभा सदस्य गंगा थारु, प्रदेस सभा सदस्य दामाकुमारी शर्मा, प्रदेश पर्यटन समिति सदस्य सुन्दर गौतम, पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, थारु पत्रकार संघका अध्यक्ष सन्तोष दहित, मुक्तकमलरी विकास मञ्चका शान्ति चौधरी लगाएतकाले माघि पर्वको अबसरमा सुभकामना दिदै माघीलाई आत्मीयता र रुपान्तरण सँग जोड्नु पर्ने बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *