सुपरजोनमा मकैको परिकार

Blog Post Ad Blog Post Ad Blog Post Ad

शिवु खनाल

देउखुरी, पुस २५ । लमहीमा मकैका विभिन्न परिकार बनाउने सम्बन्धि मकै सुपरजोन स्तरीय खाद्य गुणस्तर विषयक तिनदिने तालिमको समापन गरिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

नेपाल सरकार कृषि तथा पशुपन्छि विकास मन्त्रालय प्रधानमन्त्री कृषि अधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई मकै सुपरजोन दाङको आयोजनामा पुस २३ गते देखि २५ गते सम्म संचालन गरिएको मकैका विभिन्न परिकार बनाउने सम्बन्धि मकै सुपरजोन स्तरीय खाद्य गुणस्तर विषयक तिनदिने तालिमको समापन कार्यक्रममा मकै सुपरजोनका वरिष्ठ कृषि अधिकृत पिताम्वर बस्नेतको अध्यक्षतामा गरिएको तालिमको समापन कार्यक्रममा देउखुरी क्षेत्रका मकै सुपरजोनमा आवद्व ४० जना महिला पुरूषको सहभागी रहेको थियोे ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यस्तै कार्यक्रममा सहभागिको तर्फबाट राप्ती गाउँपालिका वडा नम्बर ४ नयाँ गाउँ निवासी गोरबहादुर कुमालले जुनकीरी कृषक समूह आवद्व भएको ४ वर्ष पुरा भैइसकेकोे जानकारी गराउदै, उहाँले मकै सुपरजोनको सहयोगमा मकैको विभिन्न परिकार बनाउने अवसर प्राप्त गरेको जानकारी गरेको गराउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कुमाललाइ मकै सुपरजोन कार्यक्रम अन्तरगत ८५ प्रतिशत अनुदानमा तिनपाङ्ग्रे सानो पिकअप अटो पाउनु भएको छ । सोही अटोमा मकैको परिकार लिएर विभिन्न स्कुलहरुमा डुलाउदैल विक्रि गर्दै आउनु भएको कुमालले ७ महिनामा राम्रो आम्दानी गरेको जानकारी गराउनुहुदै, मकैको मःम, सुप, मकै फराइ चाट, भुटुवा, उसुनेको मकै, पोलेको मकै, पपकन, पकौडा, चाउमिन लगायतका विभिन्न परिकार बनाउने कार्यक्रममा जानकारी गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘मकैको परिकार विक्री गरि सिजन र वेसिजनमा खर्च कटाइ मासिक ३० हजार आम्दानि गरेको छु ।’ सिजनमा मकैको परिकार र बेसिजनमा पानिपुर, चटपटे र चाट विक्रि गर्दै आएको उहाँको भनाइ छ । अब मकैको चियाको परिकार बनाइ बेच्ने योजना रहेको उहाँको भनाइ छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

मकैको बिबिधिकरण गर्नका लागि उक्त तालिमको आयोजना गरिएको र परम्परागत शैलीलाई छोडेर आधुनिक तरिकाले मकैबाट परिकार बनाउन सहभागीलाई प्रेरित गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ कार्यालय लमहीका निमित्त कार्यालय प्रमुख कृषि अधिकृत पिताम्बर बस्नेतले बताउनुभयो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जका खाद्य अधिकृत विवेक सुवेदीे प्रशिक्षक रहनु भएको कार्यक्रममा मकैको चिप्स, कुकिज, खिर, हलुवा, केक, मम, मकैको सुप लगायत मकैबाट बन्ने विभन्न परिकारहरु बनाउन सिकाइएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखा उपाध्यक्ष लिला शाह, सामुदायिक रेडियो प्रशारक संघ अको¥याप प्रदेश नं. ५का अध्यक्ष केपि घिमिरे, खाद्य अनुसन्धान अधिकृत बिवेक सुवेदी लगायतले बोल्नु भएको थियोे । कार्यक्रमको सहजिकरण परियोजना कार्यान्वयन इकाई दाङ मकै सुपरजोनका अधिकृत कुसुम भुषालले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *